Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व संकलन २० प्रतिशतले वृद्धि

बुधबार, १० जेठ २०७४, १४ : ०५ मा प्रकाशित

राजस्व संकलन २० प्रतिशतले वृद्धि


अर्थ संसार 
काठमाडौं– आर्थिक वर्ष २०७३/०७४ वैशाख मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ वैशाख महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. १ खर्व ७९ अर्व २८ करोड ४७ लाख ८७ हजार रहेकोमा रु. १ खर्व ८८ अर्व ८५ करोड ७६ लाख ८४ हजार संकलन भई लक्ष्यको तुलनामा १०५ प्रतिशतको प्रगति भएको छ भने गत वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ ।

शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ रु. १ खर्व १ अर्व ८१ करोड ७० लाख ३६ हजार, मूल्य अभिवृद्धि कर रु. ४८ अर्व ३२ करोड २४ लाख ११ हजार र अन्तःशुल्क तर्फ रु. ३७ अर्व २८ करोड ५७ लाख १६ हजार संकलन भएको छ ।

सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ आयकर, वहालकर, व्याजकर गरी १०७ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०१ प्रतिशत र अन्तशुल्क तर्फ १०८ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. ६४ करोड २८ लाख ४० हजार र रु. ७८ करोड ९६ लाख ८१ हजार संकलन भएको छ ।

शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९९ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर १५ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २५ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३२ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २४ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३२ प्रतिशत रहेको छ ।

२०७४ वैशाखसम्मको अवस्था हेर्दा यस विभागले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ भने यस आर्थिक वर्ष २०७३÷७४ को वार्षिक लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार समेत पूरा हुने गरी कार्य सम्पादन गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको