Like us!
Follow us!
Connect us!
Watch us!

अब उद्यमतिर लाग्ने बेला, सघाउने छ इलम नेपालले

बुधबार, १० जेठ २०७४, १० : ५५ मा प्रकाशित

अब उद्यमतिर लाग्ने बेला, सघाउने छ इलम नेपालले

दिनिता लामिछाने 
काठमाडौ–मुलुक स्थानीय तहको निर्वाचन भएपछि राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेको छ । यसपछि नेपालले आर्थिक विकासको बाटो समात्ने अपेक्षा गरिएको छ ।

आर्थिक क्रियाकलाप बृद्धिले बैदेसिक लगानी आकर्षित गर्ने छ । यस्तै ब्यवसायमा प्रतिस्पर्धासमेत निम्त्याउने अपेक्षा गरिएको छ । 

भएपछि आर्थिक विकासको चरणमा ब्यवसाय गर्न चाहनेहरुलाई ख्यातिप्राप्त बिषेशज्ञहरुको समुहले संचालनमा ल्याएको ईलम नेपाल नामक बिजनेस कन्सल्टेण्टले सघाउने भएको छ । 

बिभिन्न कम्पनीहरुमा लामो समयको अनुभव भएका ब्यक्तिहरुबाट संचालित यस संस्थाले देशैभरिका उद्योगी तथा व्यवसायीहरुलाई परामर्श प्रदान गर्ने कंम्पनिका निर्देशक प्रमोद आचार्यले बताए । कम्पनीले बैदेसिक लगानीमा थालिएका ब्यवसायसँग प्रतिस्पर्धा गर्न स्वदेशी ब्यवसायीलाई आवश्यक क्षमता अभिबृद्धिमा सघाउने उनले जानकारी दिए । 

अहिले प्रविधिको आधुनिकीकरण, स्रोतको क्षमता, दक्षता, ब्यवस्थापन क्षमता, प्रणाली, प्रक्रियामा नेपाली उद्यम क्षेत्रमा निकै खाडल रहेको उनले बताए । ‘त्यस्तो खाडललाई पुर्न हामीले सघाउने छौं,’ उनले भने ।
 
इलम नेपालले ‘हाम्रो उद्देश्य नै सफल व्यवसायी’ भन्ने  नारा लिई गठन भएको कुरा निर्देशक आचार्य बताउँछन । नेपालमा ब्यवसायीहरु के कारणले सफल हुन सकिरहेका छैनन्, के गर्दा सफल हुन सकिन्छ भनेर विष्लेषण गर्ने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको