Like us!
Follow us!
Connect us!
Watch us!

बुट क्याम्पबाट छानिदैछन् २० जना कृषि उद्यमी

बुधबार, १० जेठ २०७४, १० : ५२ मा प्रकाशित

बुट क्याम्पबाट छानिदैछन् २० जना कृषि उद्यमी

दिनिता लामिछाने

काठमाडौं–नेपालमा कृषि व्यवसाय उद्यमशीलता र आधुनिकीकरणको प्रवर्धन गर्ने उद्देश्यले नेपाल आन्टप्रेनर हबले काठमाडौंमा ‘कृषि व्यवसाय बुट क्याम्प २०१७’ को आयोजना गरिरहेको छ । यसरी बुट क्याम्पबाट २० जना कृषि उद्यमीहरु छानिने छन् । 

बुट क्याम्प कृषि व्यवसायमा हाल संलग्न व्यवसायहरु एवं यस व्यवसायतर्फ आकर्षित गर्न उद्यमीहरूका लागि एकसाता लामो सघन तालिम र मार्गनिर्देशन कार्यक्रम हो।

यस क्याम्पमा छानिएका उद्यमीहरूलाई आफ्नो व्यवसायलाई यबस्तार गर्दै दिगो बनाउन एवं आफ्नो सिर्जनात्मक विचारलाई बजारसम्म पुर्याउन र आर्थिक उपलब्धिमूलयक योजना तयार गर्न सहयोग प्रदान गर्ने हवका ब्रिजेन्द जोशीले जानकारी दिए ।

‘बुटक्याम्प एक पूर्ण प्याकेज कार्यक्रम हो, जसमा हाल सञ्चालनमा रहेका परियोजनाहरू र फरक खालका नयाँ उद्यमीहरूलाई समेत समावेश गरेर छलफल भेटघाट, कार्यशाला गोष्ठी, तालिम र मार्गनिर्देशनको व्यवस्था गरिएको छ’ उनले भने । 

हवले निवेदकहरूको छनोट गरी कृषि व्यवसाय बुटक्याम्पमा मा सरिक गराउन आधुनिक र बहु–पुनर्ढांचामा आधारित विधि प्रयोग गरेको थियो ।

हाल सञ्चालनमा रहेका कृषि व्यवसायहरु मध्ये २० वटा उत्कृष्ट अन्त्तरदृष्टि भएका पररयोजनाहरू एक विशेष कार्यक्रमबीच विशेषज्ञ निर्णायकहरुद्वारा अन्तर्वाता र मूल्यांकन गरेर बुटक्याम्पका लागि छनोट गरिएको थियो ।

यसैगरी नयाँ परियोजना र उद्यमीहरूका लागि कृषि व्यवसायामा आधाररत स्टार्ट अप सप्ताहान्त्त (विकेन्ड) कार्यक्रमको आयोजना गरि छानिएको थियो ।

सहभागीहरूले उद्योग विशेषज्ञहरूबाट आपूर्ती सञ्जाल व्यवस्थापन, आपूर्तीकर्ता विकास, मूज्य अभृबृद्धि, बजारीकरण, साझेदारी आदिबारे हुने सम्बोधनबाट कृषिमा अन्तदृष्टिसहितको व्यवसाय गर्ने ठोस सीप हासिल गरेका थिए । 

यसपछि प्रमुख २० समुहले आफ्ना आधुनिक  उपायहरूको कार्यान्वयन र लगानी शुरु गर्न विभिन्न अबसर पाउने छन् । छानिएका उत्कृष्ट २० वटा समुहलाई गहन मार्ग निर्देशनपछि   नेपाल कृषि व्यवसाय आधुनिकीकरण केन्द्रसमक्ष हस्तान्त्तरण गरिने छ ।

कृषि ब्यवसायमा गरिएको यस प्रकारको कार्यक्रम विश्वमै पहिलो हो । विश्व बैंकको सहयोगमा भएको यस्तो कार्यक्रमको अनुभव विश्वभर विस्तार गर्ने योजना रहेको जोशीले जानकारी दिए । 

छानिएका अन्तिम प्रतियोगीहरुलाई अन्तिम मेन्टरसिप कार्यक्रम यही मे २८ र २९ तारिकमा बबरमहलको साफ फाल्चामा हुँदैछ । विश्व बैंक समुहले यस्तो कार्यक्रम संचालन गर्न हबलाई जिम्मा दिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको