Like us!
Follow us!
Connect us!
Watch us!

तपाईले हकप्रद भर्नु भयो ? यी कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

बुधबार, १० जेठ २०७४, ०९ : १३ मा प्रकाशित

तपाईले हकप्रद भर्नु भयो ? यी कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

अर्थ संसार,

काठमाडौँ– आज दुई वाणिज्य बैंक र एउटा विकास बैंकको हकप्रद निष्काशन बन्द हुँदैछ । नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर तपाईसँग छ भने आजै गएर भर्नुहोस् । 

नेपाल बैंकले हाल कायम चुक्ता पूँजीको २३.७४ प्रतिशतले हुने एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ ।

 बैंकले गत चैत २९ गते हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गरेको थियो । चैत २८ गतेसम्म सेयर किनेका लगानीकर्ताले नेपाल बैंकको हकप्रद सेयर भर्न पाउँछन् ।

नेपाल बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । क्यापिटलको कार्यालय सुन्धारा तथा बैंकका शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।
त्यसै गरि नेपाल बंगलादेश बैंकले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने तीन करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ ।

बैंकले गत चैत १७ गते हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गरेको थियो । चैत १६ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले बैंकको हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

बंगलादेश बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । जमलस्थित क्यापिटलको कार्यालयका साथै बंगलादेश बैंकका शाखा कार्यालयहरुबाट सेयरधनीले हकप्रदमा आवेदन गर्न सक्ने छन् ।  

उता सिद्धार्थ डेभलपमेण्ट बैंकले पनि हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतले हुने ८५ लाख १५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले जनता बैंकमा विलय हुने सम्झौता गरेर सेयर कारोबार रोक्का रहेको बैंकको हकप्रद सेयरमा सो अवधिसम्म सेयर किनेका सबै लगानीकर्ताले आवेदन गर्न पाउछन् ।
 
सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड रहेको छ । नबिल इन्भेष्टको नक्सालस्थित कार्यालय तथा सिद्धार्थ डेभलपमेण्ट बैंकका सबै शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको