Like us!
Follow us!
Connect us!
Watch us!

तपाईले हकप्रद भर्नु भयो ? भोलि बन्द हुँदैछन् यी कम्पनीका फारम

मंगलबार, ०९ जेठ २०७४, १२ : ४७ मा प्रकाशित

तपाईले हकप्रद भर्नु भयो ? भोलि बन्द हुँदैछन् यी कम्पनीका फारम

अर्थ संसार,

काठमाडौँ– (भोली)  जेठ १० गते दुई वाणिज्य बैंक र एउटा विकास बैंकको हकप्रद निष्काशन बन्द हुँदैछ । नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर तपाईसँग छ भने हकप्रद भर्न नछुटाउनु होस् ।

नेपाल बैंकले हाल कायम चुक्ता पूँजीको २३.७४ प्रतिशतले हुने एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ ।

 बैंकले गत चैत २९ गते हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गरेको थियो । चैत २८ गतेसम्म सेयर किनेका लगानीकर्ताले नेपाल बैंकको हकप्रद सेयर भर्न पाउँछन् ।

नेपाल बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । क्यापिटलको कार्यालय सुन्धारा तथा बैंकका शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।
 
नेपाल बैंकको झण्डै २४ प्रतिशत हकप्रद खुल्योे

 
त्यसै गरि नेपाल बंगलादेश बैंकले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने तीन करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ ।

बैंकले गत चैत १७ गते हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गरेको थियो । चैत १६ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले बैंकको हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

बंगलादेश बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । जमलस्थित क्यापिटलको कार्यालयका साथै बंगलादेश बैंकका शाखा कार्यालयहरुबाट सेयरधनीले हकप्रदमा आवेदन गर्न सक्ने छन् ।  

उता सिद्धार्थ डेभलपमेण्ट बैंकले पनि हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतले हुने ८५ लाख १५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले जनता बैंकमा विलय हुने सम्झौता गरेर सेयर कारोबार रोक्का रहेको बैंकको हकप्रद सेयरमा सो अवधिसम्म सेयर किनेका सबै लगानीकर्ताले आवेदन गर्न पाउछन् ।
 
सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड रहेको छ । नबिल इन्भेष्टको नक्सालस्थित कार्यालय तथा सिद्धार्थ डेभलपमेण्ट बैंकका सबै शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको