Like us!
Follow us!
Connect us!
Watch us!
अर्थले सार्वजनिक गर्यो ‘बजेट एप’

अब सरकारको बजेट तपाईको मोबाइलमा

सोमबार, ०८ जेठ २०७४, १५ : ४९ मा प्रकाशित

अब सरकारको बजेट तपाईको मोबाइलमा

अर्थ संसार 
काठमाडौं –आर्थिक वर्ष २०७४/७५ को सरकारको बजेट अब रेडियो वा टेलिभिजनमा हेर्नु पर्दैन । सरकारले मोबाइलमा नै बजेट हेर्न पाउने व्यवस्था गरेको छ ।

 अर्थ मन्त्रालयले बजेट सम्बन्धी सबै जानकारी दिने नयाँ मोबाइल एप्लिकेसन आजै सार्वजनिक गरेको छ । बजेट एप नाम दिइएको सो एपमको आज एक समारोहका बीच उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सार्वजनिक गरेका हुन् ।  

यस एपमा बजेट बक्तव्य देखि रातो र पहेँलो किताब, आर्थिक सर्वेक्षण सबैको जानकारी लिन सकिने अर्थ मन्त्रालयले जनाएको छ ।

 गुगलको प्ले स्टोरमा गएर यो एप डाउनलोड गर्न सकिने छ । आगामी बजेट बक्तव्यको दिन एपमै लाइभ हेर्न मिल्ने सुविधासमेत रहेको एप सार्वजनिकीकरण समारोहमा जानकारी दिइयो । यस एपमा बजेट सम्बन्धी सबै डाटा राखिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको