Like us!
Follow us!
Connect us!
Watch us!
अर्थ मन्त्रालयको तयारी युद्धस्तरमा

करिब १२ खर्बको बजेट आउँदै

सोमबार, ०८ जेठ २०७४, १५ : ३३ मा प्रकाशित

करिब १२ खर्बको बजेट आउँदै

अर्थ संसार,
काठमाडौँ– मुलुक स्थानीय तहको निर्वाचनमा केन्द्रीत भइरहेको बेला सरकारले करिब रु १२ खर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

निर्वाचन आचारसंहिताले पूर्ण बजेट ल्याउन मिल्छ कि मिल्दैन भन्ने दुविधा भइरहेको बेला सरकारले चालु आवको भन्दा करिब रु दुई खर्ब बढीको बजेट ल्याउन लागेको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७४र७५ को लागि सरकारले वार्षिक बजेट ल्याउने घोषणा गर्दै सो जानकारी दिएको हो ।

नयाँ कार्यक्रम बजेटमा राख्ने कि नराख्ने भन्ने बारेमा भने कुनै पनि जानकारी नदिइएको सो कार्यक्रममा पूर्ण आकारको मुलुकको सापेक्षतालाई विचार गरेर बजेट ल्याउन लागिएको जानकारी दिइएको थियो ।


उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले संविधान कार्यान्वयन र निर्वाचनलाई केन्द्रमा राखेर बजेट ल्याउन लागिएको जानकारी दिए ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ भने राष्ट्रपतिलाई समेत जानकारी गराइसकेको छ । संसद्को बर्षे अधिवेशन आजदेखि सुरु भएको छ । कार्यक्रमअनुसार यही जेठ ११ गते राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छिन् भने यही जेठ १५ गते अर्थमन्त्री महराले आगामी आवको बजेट सदनमा पेश गर्ने कार्यक्रम रहेको छ ।
संबैधानीक व्यवस्था अनुसार सरकारले जेठ १५ गते नै बजेट ल्याउने भएको हो र निर्वाचन आचार संहित्तालाई ध्यानमा राख्दै नयाँ कार्यक्रम भने समाबिस्ट नगरी बरु राष्ट्रिय गौरवका आयोजना तथा पुनःनिर्माणलाई सघाउ पुग्ने गरि बजेट ल्याइने उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

बजेटले संघीय र प्रादेशिक चुनावका लागि बजेट विनियोजन गरिनेछ। उनका अनुसार बजेट राजनैतिक सहमति अनुसार नै आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको