Like us!
Follow us!
Connect us!
Watch us!

एक्सीएमजीको एक्साभेटर बजारमा

विहीबार, ०४ कार्तिक २०७३, ११ : ४९ मा प्रकाशित

एक्सीएमजीको एक्साभेटर बजारमा

अर्थ संसार
काठमाडौं–आईडिएमसीले एक्सीएमजीको एक्सई २१५ मोडेलको एक्साभेटर नेपाली बजारमा ल्याएको छ । चिनको एक्सीएमजी ब्राण्डकोे २१.५ टनको एक्साभेटरमा विश्व बिख्यात जापानीज इसुजु कम्पनीको ईन्जिनका साथै जापानी कावाशाकी कम्पनिद्धारा निर्मित हाईड्रोलिक्स जडान गरिएको छ ।

नेपालमा यो मेशिन बिक्री शुभारम्भको अबसरमा सबै खरिदकर्ताहरुको एक जोडीलाई कम्पनीको प्mयाक्ट्री अवलोकनसहित ५ रात ६ दिनको चीन भ्रमणको अवसरसमेत उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सुबेदीले जानकारी दिए । योजना १५ नोभेम्बर २०१६ सम्म लागू हुने जनाइएको छ । यस एक्साभेटरको बजार मूल्य ८५ लाख रहेको छ ।

एक्सीएमजी चाईनामा सबैभन्दा धेरै बिक्री हुने हेवी ईक्वीपमेन्ट ब्राण्ड भएको कम्पनीको दावी छ । बिक्रीपछिको सेवा संभारका लागि कम्पनिले भक्तपुरको सानोठिमीस्थित आफ्नै मर्मत संभार केन्द्रको स्थापना गरी चिनिया बिषेशज्ञ ईन्जिनियरसमेत उपलब्ध गराएको जनाएको छ ।   

एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याक हो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेनसमेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको