Like us!
Follow us!
Connect us!
Watch us!
जलविद्युत्मा सात अर्ब लगानी

जलविद्युत् कम्पनीमा आँखा लगाउँदै एनएमबी बैंक

आइतबार, ०७ जेठ २०७४, १३ : ४७ मा प्रकाशित

जलविद्युत् कम्पनीमा आँखा लगाउँदै एनएमबी बैंक

अर्थ संसार,
काठमाडौँ– जलविद्युत विकासमा लगानी बढाउँदै एनएमबी बैंक लिमिटेडले पछिल्लो समय यो क्षेत्रमा करिब रु सात अर्ब ६२ करोड लगानी गरेको छ ।

अरुण भ्याली हाइड्रो पावर कम्पनीले निर्माण गरेको ३ मेगावाट पिलुवाखोलाबाट लगानी गर्न सुरु गरेको बैंकले हालसम्म रु ७ अर्ब ६२ करोड ५६ लाख बराबरको प्रतिबद्धता जनाएको छ ।

यस्तै, लघुजलविद्युत, बायोग्यास, सोलारलगायत विद्युतका अन्य विकल्पमा रु  ६० करोड लगानी गरेको छ । योसमेत बैंकको विद्युत विकासमा रु ८ अर्ब भन्दा बढी लगानी भएको छ ।

‘बैंकले अहिलेसम्म २८ वटा आयोजनामा लगानी प्रतिबद्धता जनाएको छ, तीमध्ये १८ आयोजनामा नेतृत्व लिएको छ,’ बैंकका एक अधिकारीले भने, ‘जलविद्युतमा लगानीपूर्व बैंक आफैंले पनि सम्भाव्यता तथा प्राविधिक अध्ययन गर्छ ।’

आयोजना प्रवद्र्धकले पेस गरेको अध्ययन प्रतिवेदन बैंकले समेत अध्ययन गरेर सुझाव दिने गरेकाले बैंकप्रति विश्वास बढ्दै गएको छ ।

‘विकासकर्ताले पेस गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन मूल्यांकन गर्न छुट्टै ‘जलविद्युत विभाग’ भएकाले पनि लगानी गर्न सजिलो भएको बताइएको छ ।

बैंकले आयोजनामा जनाएको लगानी प्रतिबद्धता रकममध्ये अहिलेसम्म करिब रु ३ अर्ब ऋण लगानी भइसकेको छ । आयोजना निर्माणको विभिन्न चरणमा रहेकाले ऋण लगानी बढिरहेको बैंकले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूले कूल लगानीयोग्य रकमको २० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

त्यसमध्ये १५ प्रतिशत ऊर्जा र कृषिमा लगानी गर्नुपर्ने व्यवस्था छ । केन्द्रीय बैंकले तोकेको सीमा हरेक वर्ष पूरा भइरहेका छ ।

बैंकले १ देखि २५ मेगावाटसम्मका आयोजनामा लगानी गरेको छ । १३ मेगावाटको थापाखोला, १० मेगावाटको तल्लो मोदी–१, १५ मेगावाटको कालंगागाढ, १८ मेगावाटको माथिल्लो सोलुखोला, २३ मेगावाटको सोलु र २५ मेगावाटको माथिल्लो दोर्दी बैंकले लगानी गरेका ठूला आयोजना हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको