Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको साढे ४ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, ११ : ५१ मा प्रकाशित

आरएमडीसी लघुवित्तको साढे ४ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज (बिहीवार) देखि लिलामीमा आएको छ । 

बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक सेयर आजबाट बिक्री खुल्ला भएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय १६ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

उक्त सेयर खरीदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धकको एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको