Like us!
Follow us!
Connect us!
Watch us!

साढे दुई किलो अफिमसहित तीन व्यक्ति पक्राउ

शनिबार, ०६ जेठ २०७४, १६ : १४ मा प्रकाशित

साढे दुई किलो अफिमसहित तीन व्यक्ति पक्राउ

अर्थ संसार, 

कोहलपुर - झन्डै साढे दुई किलो अफिमसहित प्रहरीले तिन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । अञ्चल प्रहरी कार्यालय नेपालगन्जले आज पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ५५१ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ परी सार्वजनिक हुनेमा रुकुम भूमेगाउँपालिका– ३ घर भई हाल दाङ घोराही उपमहानगरपालिका–६ मा डेरा गरी बस्ने २९ वर्षीय अयन रोका, रुकुम सोही ठाउँ घर भई हाल दाङ घोराही उपमहानगरपालिका–६ मै डेरा गरी बस्ने ३६ वर्षीय भागेश्वर रोका र रुकुम भूमेश्वर गाउँपालिका– ३ बस्ने २६ वर्षीय रुपेश पुन रहेका छन् । 

रा २ प ९९५४ नम्बरको मोटरसाइकलमा अफिम लुकाएर ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी बाँकेको संयुक्त टोलीले जिल्लाको राप्ती सोनारी गाउँपालिका – १ कुसुमको चेक प्वाइन्टमा चेकजाँचका क्रममा अफिमसहित पक्राउ गरेको अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी निरीक्षक विश्वराज सिंहले बताउनुभयो । 
छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको