Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकभित्रै पेट्रोलियम खानीको अन्वेषण गर्न असार १५ भित्र ग्लोबल टेन्डर गर्ने सरकारको तयारी

शनिबार, ०६ जेठ २०७४, १६ : ०३ मा प्रकाशित

मुलुकभित्रै पेट्रोलियम खानीको अन्वेषण गर्न असार १५ भित्र ग्लोबल टेन्डर गर्ने सरकारको तयारी

अर्थ संसार, 
काठमाडौँ । सरकारले मुलुकभित्रका पेट्रोलियम पदार्थको अन्वेषण एवम् खोजी कार्यलाई तिव्रताका साथ अगाडि बढाउने भएको छ ।

आत्मनिर्भर अर्थतन्त्रको विकासको लागि सो प्रक्रिया सुरु गरिएको हो । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताएका छन् ।

उद्योग मन्त्रालय धनगढीदेखि विराटनगरसम्म १० वटा ब्लकको पहिचान भएको भन्दै सवै ब्लकमा उक्त टेन्डरमार्फत आह्वान गर्ने मन्त्री जोशीले बताए । उनले पैसावालाभन्दा पनि प्राविधिक रुपमा सक्षम निजी क्षेत्रलाई काम दिने बताए ।

राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान हुने र रसुवामा रहेको जस्ता र सिसा खानी उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री जोशीको भनाइ थियो । कुनै पनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी लगानी गर्ने उनले बताए ।

छाला जुत्ताका व्यवसायीले उद्योग स्थापनाका लागि पहल गरिरहेकाले उक्त क्षेत्रमा लगानी गर्न अर्थमन्त्रालयसँग पहल भइरहेको समेत उनले जानकारी दिए ।

नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलामखानी सञ्चालन गर्ने कार्य अगाडि बढाउने तयारी भइरहेको भन्दै मन्त्री जोशीले गणेश हिमालजस्ता सिसा परियोजना उद्योग सञ्चालनमा ल्याउन छलफल भइरहेको बताए ।

मुलुकभित्र जस्ता उद्योगको सम्भाव्यता रहेको छ । यस्तै फलामखानीको पनि उच्च सम्भावना रहेको छ । यस्तै अन्य धातु तथा खनिजहरुको समेत उल्लृेख्य मात्रामा उपलब्धता रहेको छ । सबै क्षेत्रमा समान विकास गर्ने लक्ष्यका साथ खनिज उद्योगको खोजीमा लागिएको सरकारले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको