Like us!
Follow us!
Connect us!
Watch us!

मनहरीमा एमाले विजयी

शुक्रबार, ०५ जेठ २०७४, १५ : ३६ मा प्रकाशित

मनहरीमा एमाले विजयी

अर्थ संसार 
हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । 

एमालेका एकराज उप्रेतीले चार हजार ६४० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर न्यौपानेले चार हजार ३४९ मत प्राप्त गरेका थिए । 

उपाध्यक्षमा एमालेकी मनिला विष्टले चार हजार ६२१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कमला कार्कीले चार हजार १९७ मत प्राप्त गरेकी थिइन् । 
कुल १३ हजार ९७० मत खसेको मनहरीमा चार वडामा एमाले र दुई÷दुई वडामा नेकपा ९माओवादी केन्द्र० र काँग्रेसले विजय प्राप्त गरेका छन् । 

वडा नम्बर– ९ मा भने स्वतन्त्र उम्मेदवार साधुराम अधिकारी विजयी हुनुभएको छ । १० वटा स्थानीय तहमध्ये नौ वटाको मतगणना सकिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको