शुक्रबार, ०६ असोज २०७४, १५ : २४
नेप्सेको अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त
शुक्रबार, ०५ जेठ २०७४

अर्थ  संसार, 
काठमाडौं–  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा लक्ष्मण न्यौपानेलाई नियुक्ति गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदले न्यौपानेलाई नेप्सेको अध्यक्ष नियुक्तिको निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष न्यौपानेले शुक्रबार अर्थमन्त्रालय पुगेर नियुक्तिको आधिकारिक पत्र लिइसकेका छन् ।

केही समयअघि सरकारले नेप्सेका अध्यक्ष रामजी रेग्मीलाई राष्ट्र बैंकको सञ्चालक नियुक्त गरेपछि नेप्सेमा अध्यक्षको पद रिक्त थियो ।

© Arthasansar.com 2016, All Rights Reserved