Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानको यस्तो छ नयाँ प्लान : एलइडी बल्ब प्रयोगमा आएपछि यसरी बच्नेछ २०० मेगावाट विद्युत्

कृष्ण भट्टराई

शुक्रबार, ०५ जेठ २०७४, १४ : ३८ मा प्रकाशित

कुलमानको यस्तो छ नयाँ प्लान : एलइडी बल्ब प्रयोगमा आएपछि यसरी बच्नेछ २०० मेगावाट विद्युत्

अर्थ संसार 
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले भारतबाट ल्याउन लागेको करिब दुई करोड थान एलइडी बल्ब प्रयोगमा आएपछि करिब २०० मेगावाट विद्युत् वचत हुने दावी गरेको छ ।

सो दावी सही हो वा होइन, तथ्यमा छ कि छैन भन्नेमा आशंका कायम गरिएको छ । तर प्राधिकरणको तयारी र योजना हेर्दा आगामी हिउँदमा २०० मेगावाट विद्युत् जोगाउने लक्ष्यका साथ काम भइरहेको छ ।

प्राधिकरणले इनक्यान्डीसेन्ट, फ्लोरेरेन्ट र सीएफएल बत्तीलाई एलईडीमा परिणत गर्दा प्रणालीमा दुई सय मेगावाट बिजुली बचत हुने जनाएको छ ।

प्राधिकरण प्रवक्ता प्रबल अधिकारीका अनुसार गार्हस्थ्य उपभोक्ताका ६० प्रतिशत सीएफएल चिम (एक करोड २० लाख थान) प्रतिस्थापन गरिने र त्यसको लागि खरिद प्रक्रिया सरल र सहज बनाइएको बताए ।

प्रक्रिया र योजनाका आधारमा नै हामीले प्रक्षेपण गरेका हौ, प्राधिकरणका एक उच्च अधिकारीले भने हामी सबैलाई सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेका छौ, जुन प्राधिकरणको इतिहासमा सबैभन्दा सफल कार्यको रुपमा स्थापित हुनेछ ।

 यसबाट एक सय दुई मेगावाट बिजुली बचत हुने प्राधिकरणले अनुमान प्रक्षेपण गरेको छ । त्यस्तै प्राधिकरणले ६० लाख थान हाल प्रचलनमा रहेको फ्लोरोरेन्ट ट्युबलाइट लाई पनि एलईडीमा प्रतिस्थापन गरेर एक सय ६२ मेगावाट ऊर्जा बचत गर्ने लक्ष्य लिएको छ । ट्यूबलाइटले सबैभन्दा बढी विद्युत् खपत गरिरहेको छ ।

हाल तराई क्षेत्रमा अत्यधिक प्रचलनमा रहेको २० लाख परम्परागत चिम सञ्चालनमा रहेको छ । ती चिमले सबैभन्दा बढी विद्युत् खपत गर्ने गरेको छ । ती चिम हटाएर त्यसको ठाउँमा एलईडी चिम राखी एक सय दुई मेगावाट ऊर्जा बचत गर्न सकिन्छ ।

यसरी तीनवटै प्रकारका ऊर्जा खपत धेरै गर्ने उपकरणलाई एलईडीले प्रतिस्थापन गर्दा प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा कुल ३६० मेगावाट विद्युत् वचत हुन जान्छ ।
कुल ३६० मेगावाट विद्युत् उत्पादन नै गर्ने हो भने न्यूनतम पाँच वर्ष राख्नु पर्छ ।

त्यसको लागत करिब हालको बजारमूल्यका आधारमा करिब ७० अर्ब जति हुन जान्छ ।
प्राधिकरणले वितरण गर्ने नयाँ एलइडी बल्ब र पूरानो संरचनाको समग्र मूल्यांकन गर्दा सबैले एकसाथ अर्थात् ५५ प्रतिशतले मात्र बल्ने अनुमान गर्दा एक सय ९८ मेगावाट बिजुली सोझै बचत हुने जनाएको छ ।

यसरी बचत हुने करिब दुई सय मेगावाट बिजुलीले आगामी मंसिरदेखि वैशाखसम्मको माग सम्बोधन गर्न सहज हुने र मुलुकको ऊर्जा क्षेत्रमा नयाँ आयामको रुपमा स्थापित हुने जनाइएको छ ।

त्यसका लागि प्राधिकरणले आगामी दसै तिहारसम्म केन्द्रीय प्रसारण लाइन पुगेका सबै स्थानमा करिब  दुई करोड थान एलईडी बल्ब पु¥याउने लक्ष्य राख्नुपर्छ, जसको तयारी भइरहेको छ ।

एलईडीको प्रयोगपछि बचत हुने दुई सय मेगावाट बिजुलीले आगामी मंसिरदेखि वैशाखसम्मको माग सम्बोधन गर्न सहज हुने जनाइएको छ । त्यसका लागि आगामी दसै तिहारमा एलइडी बल्ब वितरण मात्रै होइन, जडान पनि गरिनुपर्दछ । प्राधिकरणले आफ्ना वितरण केन्द्र मार्फत ग्राहकलाई सहज रुपमा एल्डी बल्ब वितरण गर्ने जनाएको छ ।

बल्बको विषयमा गलत प्रचार गरिएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको