Like us!
Follow us!
Connect us!
Watch us!

गीतकार संघका अध्यक्ष दाहाल ठगि आरोपमा पक्राउ, १२ करोड ठगेको आरोप

बुधबार, ०३ कार्तिक २०७३, १७ : १८ मा प्रकाशित

गीतकार संघका अध्यक्ष दाहाल ठगि आरोपमा पक्राउ, १२ करोड ठगेको आरोप

अर्थ संसार
काठमाडौं–गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल ठगी आरोपमा पक्राउ परेका छन् । उनी कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

बालुवाटार ४ आफ्नै निवासबाट अनुसन्धानका लागि उनलाई पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरका डिएसपी इश्वर कार्कीले जानकारी दिए । दशैँअघि कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको डिएसपी कार्कीले बताए ।

गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा फाँट सम्हाल्दै आएका थिए । कम्पनीले उनीमाथि छानबीन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि दशैँअघि प्रहरीमा उजुरी गरेको थियो ।

कम्पनी घाटामा देखिएपछि दुई वर्षअघि नयाँ लेखा प्रणालीमा जान खोज्दा दाहालले निकै विरोध गरेको कम्पनीको आरोप छ । छानबीनलाई अगाडि बढाउँदा काल्पनिक ग्राहकहरु बनाएर उनीहरुबाट रकम उठ्न बाँकी देखाउने र उठेको रकम व्यक्तिगत खर्च गर्ने गरेको देखिएको कम्पनी स्रोतले जानकारी दिएको छ ।

गीतकार दाहाल दुई पटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीति संग्रह निकालिसकेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको