Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको नियमावली संशोधन, यसतो छ नयाँ व्यवस्था

शुक्रबार, ०५ जेठ २०७४, १३ : ४३ मा प्रकाशित

धितोपत्र बोर्डको नियमावली संशोधन, यसतो छ नयाँ व्यवस्था

अर्थ संसार, 
काठमाडौँ–धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली, २०६४ संशोधन भएको छ ।

सरकारको स्वीकृतीमा धितोपत्र दलाल व्यवसायीको पूँजी, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका विषयहरुमा आवश्यक व्यवस्था गरी सो नियमावलीमा संशोधन गरिएको जनाइएको छ ।

हाल कतिपय धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय विस्तार गरी देशका विभिन्न स्थानवाट सेवा प्रदान गर्दै आईरहेका छन् ।

साथै यो सेवालाई अझ देशव्यापी रुपमा विस्तार र व्यवस्थित गरी वढी भन्दावढी लगानीकर्ताको पहुँचमा पुर्याउन आवश्यक रहेको सन्र्दभमा शाखा विस्तार कार्यलाई अझ सहज वनाउन तथा यसमा रहने जोखिम समेतलाई मध्यनजर गर्दै संसोधन भएको जनाइएको छ ।

नियमावलीमा दलाल व्यवसायीले कायम गर्नु पर्ने साविकको २० लाख चुक्ता पूँजीलाई १० गुणा अर्थात २ करोड पुर्याइएको छ ।

 यस्तै, बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न सक्ने र आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु बोर्डले तोक्न सक्ने, मुख्य कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने र परिपालन अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनुपर्ने व्यवस्था गरको छ ।

यस अनुसार शाखा कार्यालयको लागि वोर्डले यस्ता कर्मचारी तोक्ने समेत व्यवस्था भएको छ । यसरी संशोधित व्यवस्थानुसार वोर्डले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापनलाई अझ व्यवस्थित र सुदृढ गर्दै लानेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको