Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको पाँच लाख ४० हजार कित्ता साधारण सेयर आउँदै

शुक्रबार, ०५ जेठ २०७४, १२ : १४ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको पाँच लाख ४० हजार कित्ता साधारण सेयर आउँदै

अर्थ संसार
काठमाडौं– छ्याङ्दी हाइड्रोपावर कम्पनीले पाँच लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले चुक्ता पूँजीको २० प्रतिशत अर्थात ५ करोड ४० लाख रुपैयाँको पाँच लाख ४० हजार कित्ता आईपीओ जेठ १४ गतेदेखि सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ ।

कम्पनीले ५ लाख ४० हजार कित्तामध्ये १० हजार ८ सय कित्ता कर्मचारीलाई र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले ५ लाख २६ हजार ५ सय कित्ताका लागि आवेदन गर्न पाउनेछन ।

कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म आवेदन गर्न पाइनेछ । आगामी जेठ १४ गतेबाट विक्री खुला आइपीओमा छिटोमा जेठ १८ गते र ढिलोमा २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई सेयर विक्री प्रवन्धक नियुक्त गरेको छ ।

आईपीओमा आवेदन गर्न ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसएमसी मर्चेन्ट बैंक, क्यापिटल लिमिटेडहरु एनआई, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट दिन सकिने छ ।

यसअघि लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले दुई लाख ७० हजार कित्ता साधारण सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

लमजुङको फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ । उसले ४ मेगावाटको अपर छ्याङ्दी आयोजना समेत निमार्ण गर्दैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको