शुक्रबार, ०६ असोज २०७४, १५ : ३२
रोमाञ्चक बन्दै भरतपुर महानगरपालिको मतगणना
शुक्रबार, ०५ जेठ २०७४


अर्थ संसार, 
भरतपुर–  स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम आईरहँदा यतिखेर भरतपुर महानगरपालिको मतगणनाले सवैको ध्यान खिचेको छ ।

भरतपुरमा नेकपा एमालेका देवी ज्ञवाली र रेणु दाहाल विच कडा प्रतिष्प्रर्धा देखिएको छ ।  हिजोसम्म भारी मतले पछाडि परेकी माओवादी केन्द्रकी उम्मेदवार रुणु दाहालको पक्षमा पछिल्लो समय एकाएक मत आएपछि मतणनामा झन रोमान्चक थपिएको छ ।

पछिल्लो मतगणना अनुसार नेकपा एमालेका  उम्मेदवार देवी ज्ञवालीको ११, ५८४ मत छ भने माओवाी केन्द्रकी उम्मेदवार रेणु दाहालको ११,१४२ मत पाएकी छन् ।

अहिले मतणना भने जारी छ । रेणु दाहालको मत कम आएपछि माओवादी केन्द्रले नेपाली कांग्रेसलाई धोका दिएको भन्दै आइरहेको छ । 

© Arthasansar.com 2016, All Rights Reserved