चार महानगरपालिकाको अपडेट : काठमाडौं, भरतपुर र पोखरामा एमाले र ललितपुरमा कांग्रेसको अग्रता
बिहिबार, ०४ जेठ २०७४
अर्थ संसार,
काठमाडौं - स्थानीय तह निर्वाचनको नजिता आउने क्रम जारी छ । सवैले महत्वका साथ हेरिरहेको चार महानगरपालिकाको पछिल्ला मतगणना अनुसार काठमाडौं, भरतपुर र पोखरामा नेकपा एमालले अग्रता लिएको छ भने ललितपुरमा मात्र नेपाली कांग्रसेले अग्रता लिएको छ ।
कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्र भने एमालेलाई पछ्याईरहेको छ । त्यसै गरी विवेकशील र साझा पार्टीले पनि पछ्याईरहेको छ ।
पछिल्लो मत गणना यस प्रकारको छ ।
काठमाडौं
नेकपा एमाले : विद्यासुन्दर शाक्य- ६५८६
नेपाली कांग्रेस : राजुराज जोशी -४२१५
ललितपुर
नेपाली कांग्रेस : चिरीबाबु महर्जन -१३०२३
नेकपा एमाले : हरिकृष्ण ब्यञ्जनकार -११५०८
भरतपुर
नेकपा एमाले : देवी ज्ञवाली -१००२२
माओवादी केन्द्र : रेणु दाहाल -७९४७
पोखरा
नेकपा एमाले : मानबहादुर जिसी- १०५५०
नेपाली कांग्रेस : रामजी कुँवर- १०३९६