Like us!
Follow us!
Connect us!
Watch us!

सान्जेन जलविद्युत् आयोजनाले ८७ लाख कित्ता सेयर निस्काशन गर्ने

विहीबार, ०४ जेठ २०७४, १९ : ३५ मा प्रकाशित

सान्जेन जलविद्युत् आयोजनाले ८७ लाख कित्ता सेयर निस्काशन गर्ने

अर्थ संसार,  
काठमाडौँ – सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको शेयर बिक्री गर्न नागरिक लगानी कोष र सह–निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीवीच सम्झौता भएको छ ।
 
बिहीबार कोष र सह–निस्कासन कम्पनीहरु एन.सी.एम मर्चेन्ट बैकिङ लिमिटेड , सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटल वीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
 
सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सह निस्कासन कम्पनीको तर्फबाट एनसिएम मर्चेन्टका प्रबन्ध संचालक बिजय लाल श्रेष्ठ, सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्ट, प्रभु क्यापिटलको तर्फबाट महाप्रबन्धक शंकर प्रसाद कालिकोटा, एनएमवि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे र ग्लोवल आईएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गर्नुभएको थियो ।   
 
सान्जेनले पहिलो चरणको शेयर निस्कासनको लािग छुट्टयाइएको समुह ग बमोजिमको क्रृण दाता संस्थाका कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारी, समुह घ अन्तरगतका कर्मचारी संचय कोषमा रकम जम्मा गरेका संचय कर्ता कर्मचारीको लागि ८७ लाख ६० हजार कित्ता सेयरको लागि सह–निस्कासन कम्पनी वीच सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको