Like us!
Follow us!
Connect us!
Watch us!

बल्ल गठन भयो महाभियोग समिति

बुधबार, ०३ कार्तिक २०७३, १७ : ११ मा प्रकाशित

बल्ल गठन भयो महाभियोग समिति


संवैधानिक निकायका पदाधिकारीलाई महाभियोग लगाउन सकिने

अर्थ संसार 
काठमाडौं–स‌ंसदले बुधबार ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । उक्त समितिले महाअभियोग लगाउने वा नलगाउनेबारे सदनमा प्रस्ताव पेश गर्न सक्ने छ । 

महाभियोग समिति सदस्यहरुमा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दिपक कुँइकेल, कुमारी लक्ष्मी राई र नेकपा एमालेबाट केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी छन् ।

त्यसैगरी मा‌‍ओवादी केन्द्रबाट अमनलाल मोदी, रामनारायण बिडारी र राप्रपा नेपालबाट प्रमुख सचेतक दीलनाथ गिरी महाअभियोग सिफारिस समितिमा सदस्य छन् ।  

यसअघि महाभियोग समिति नहुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन सकिएको थिएन ।  कार्कीमाथि महाअभियोग लगाउन माग गर्दै साँसदहरु गगन थापा प्रस्ताव तथा धनराज गुरुङ र श्याम श्रेष्ठ समर्थक रहेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव स‌ंसदमा पेश भएको थियो ।

 उनीहरुले त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका गोविन्द केसीले महाअभियोगको माग गर्दै आमरण अनशन सुरु गरेपछि उक्त प्रस्ताव दर्ता गराएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको