Like us!
Follow us!
Connect us!
Watch us!

लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशीलाई जिम्मेवारी

विहीबार, ०४ जेठ २०७४, १८ : ०० मा प्रकाशित

लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशीलाई जिम्मेवारी

अर्थ संसार, 
काठमाडौँ–सरकारले उद्योग मन्त्री नविन्द्रराज जोशीलाई लगानी बोर्डको उपाध्यक्षको पनि जिम्मेवारी दिएको छ ।

बुधबार बसेको मन्त्री परिषद बैठकले मन्त्री जोशीलाई बोर्डको उपाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । उपाध्यक्ष बने लगत्तै मन्त्री जोशीले लगानी बोर्डलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरि ठुला पुर्वाधार तथा परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन सशक्त निकायको रुपमा बोर्डलाई स्थापित गर्नु पर्ने मन्त्री जोशीले बताए ।

लगानी बोर्डको कार्यालय नयाँ बानेश्वरमा आयोजित स्वागत कार्यक्रममा उद्योग मन्त्री तथा बोर्डका उपाध्यक्ष जोशीले बोर्डको काम प्रभावकारी बनाउन लगानी बोर्ड ऐन संसोधन समेत औल्याए ।

आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान गर्दै रोजगारी, राजश्व तथा समग्र अर्थ व्यवस्थामा योगदान पुग्ने गरि लगानी सहजीकरण गर्नु पर्ने उनको भनाई थियो । बोर्डको काममा आउने समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयहरु सँग छलफल गरी अगाडि बढ्न समेत उनले सुझाव दिएका छन् ।

मन्त्री जोशीलाई लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले स्वागत गरेका थिए । बोर्डले नयाँ उपाध्यक्ष पाएकोमा उत्साहित हुँदै अधिकारीले बोर्डका समस्या समाधानमा मार्ग्निर्देशन गर्न मन्त्री जोशीलाई आग्रह गरेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको