Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया बैंकको विभिन्न ४ स्थानमा नयाँ शाखा

विहीबार, ०४ जेठ २०७४, १७ : ३८ मा प्रकाशित

एन आई सी एशिया बैंकको विभिन्न ४ स्थानमा नयाँ शाखा

अर्थ संसार 
काठमाडौं – एन आई सी एशिया बैंकको विभिन्न ४ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ एक समारोहका बिच विधिवत् उद्घाटन गरिएको छ ।

ती शाखाहरु मध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घघाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी (माधव) ले, नयाँ पुल कास्की  स्थित १०४ औं शाखाको उद्घघाटन नयाँ पुल कास्की निवासी कुलबहादुर गुरुङले, सालझण्डी स्थित १०५ औं शाखाको उद्घघाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री एवं सैनामैना व्यापार संघका अध्यक्ष दुर्गा प्रसाद गौतमले संयुक्त रुपमा र रुद्रपुर स्थित १०७ औं शाखाको उद्घाटन  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य,सुरेन्द्र प्रसाद श्रेष्ठले गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको