Like us!
Follow us!
Connect us!
Watch us!
को को छन् कारवाहीमा पर्नेहरु

निर्वाचनमा जिम्मेवारी पूरा नगर्नेलाई निर्वाचन आयोगको चेतावनी

विहीबार, ०४ जेठ २०७४, १७ : २० मा प्रकाशित

निर्वाचनमा जिम्मेवारी पूरा नगर्नेलाई निर्वाचन आयोगको चेतावनी

अर्थ संसार, 
काठमाडौं – निर्वाचन आयोगले गत वैशाख ३१ गतेको निर्वाचनमा आयोगले तोकेको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई सचेत बनाउने निर्णय गरेको छ ।

आयोगले दिएको जिम्मेवारी पूरा गर्न अटेरी गर्ने र दिएको नियुक्ति लिन समेत नआउने कर्मचारीलाई सचेत गराउदै १५ दिन भित्र लिखित जवाफ दिन समेत चेतावनी दिएको छ ।

आयोगले ति कर्मचारीको क्रियाकलापलाई गैरजिम्मेवारको संज्ञा समेत दिएको छ । त्यसरी लिखित जवाफ माग गरिएका कर्मचारीहरुमा, अधिकार सम्पन्न वागमती सभ्यता एकिकृत विकास समिति गुहेश्वरीका उपसचिब जिवनराम पुरी, महालेखा नियन्त्रक कार्यालयका उपसचिब काशीनाथ भट्टराई, राष्ट्रपति कार्यालयका उपसचिब प्रल्हाद प्रसाद पुडासैनी रहेका छन् ।

त्यस्तै, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय, सिंहदरवारका उपससचिब खेमप्रसाद उपाध्याय, पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनाका उपसचिब शिवराम भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिब राजेन्द्रप्रसाद घिमिरे र नारायणहिटि दरवार संग्रहालयका उपसचिब रोहितकुमार ढुंगाना रहेका छन् ।

लगभग आयोगले सचेत गराएका कर्मचारी उच्च तहका रहेका छन् ।त्यसैगरी, निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सफल बनाउन निर्वाचन आयोगबाट खटिएका सम्पुर्ण कर्मचारीलाई धन्यावाद समेत दिएको छ ।

आयोगले दिएको जिम्मेवारीलाई दक्ष तथा इमान्दरीपूर्वक बहन गर्ने कर्मचारीहरुले गौरव महसुस गराएको आयोगको भनाई छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको