Like us!
Follow us!
Connect us!
Watch us!
११ मध्ये ७ तहमा एमाले, ४ तहमा कांग्रेस विजयी

दैलेखमा एमालेको बहुमत, माओवादी केन्द्र ‘क्लिनस्वीप’

विहीबार, ०४ जेठ २०७४, १७ : ०० मा प्रकाशित

दैलेखमा एमालेको बहुमत, माओवादी केन्द्र ‘क्लिनस्वीप’

अर्थ संसार,
दैलेख – दैलेखका ११ वटा स्थानीय तह मध्ये सवैको मत परिणाम सार्वजनिक भएको छ । चार नगरपालिका हरु नारायण नगरपालिका, दुल्लु नगरपालिका, आठविस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका र ७ गाउँपालिकाहरु टाँठीकाँध, भैरवी, महावु, डुङ्गेश्वर, नौमूले गाउँपालिका, भगवतीमाइ  र गुरास गाउँपालिकाकोे अन्तिम मत परिणाम सर्वजनिक भएको हो ।

४ नगरपालिका मध्ये ३ वटामा एमालेले नगर प्रमुख हात पारेको छ भने १ मा काँग्रेसले जितेको छ । नारायण नगरपालिका, आठविस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका एमालेले नगर प्रमुख जितेको हो । दुल्लु नगरपालिकामा काँग्रेस बिजयी भएको छ ।

महावु गाउँपालिका र भैरवी गाउँपालिकामा, ठाँटीकाँध गाउँपाकिा, भगवतीमाई गाउँपालिकामा नेकपा एमालेले बाजी मारेको छ । नौमूले गाउँपालिका, गुँरास गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकामा काँग्रेस विजयी भएको छ ।

नारायण नगरपालिका नेकपा एमालेका (मेयर) प्रमुख पदका उम्मेदवार रत्न वहादुर खड्का र (उपमेयर) उप–प्रमुख पदका उम्मेदवार सावित्रा मल्ल विजयी भएका हुन । नारायण नगरमा नेपाली कांग्रेस वडा नं. ६, ७ र ८ मा विजयी भएको छ ।

एमालेका प्रमुख रत्न बहादुर खड्का ४ हजार ७ सय २५ सहित विजयी भएका छन भने उपप्रमुख सावित्री मल्लले ४ हजार ८ सय ६६ मत पाइन । निकटतम कांग्रेस प्रमुख मणिराम रेग्मीले ४ हजार ४ सय ४७ र उपप्रमुख बासना थापाले ४ हजार २ सय ८५ ले मत पाइन । 

दैलेखको आठविस नगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । भने उप प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदका लागि नेकपा एमालेका खड्गराज उपाध्यायले ३९२७ मत सहित विजयी भएका छन् ।

भने नेपाली कांग्रेसका प्रेम प्रकाश शाहीले ३७८० मत प्राप्त गरेका छन् । यस्तै उप प्रमुख पदका लागि नेपाली कांग्रेसकी दिपा बोहोराले ४१८७ मत सहित विजयी भएकी छन् भने एमालेकी गमता वि.क.ले ३९९० मत प्राप्त गरेकी छिन् ।

दुल्लु नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार घनश्याम भण्डारीले ६४४९ मत प्राप्त गरी विजयी भएका छन्  भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका बरुनाथ योगीले ६२८० मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुख पदका लागि नेकपा एमालेका विष्णा थापाले ६४७८ मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाली कांग्रेसकी कृष्णा कुमारी शाहीले ६१०९ प्राप्त गरेकी छिन् ।

चामुण्डा विन्द्रासैनी नगरपालिकामा नेकपा एमालेका सुर्य वहादुर शाही र उपाध्यक्ष पदका उम्मेदवार तारा कुमारी शाही विजयी भएका हुन । एमालेका शाहीले काग्रेसका गणेश शाहीलाई २३३ मत अन्तरले पराजित गरेका हुन ।

एमालेका सुर्य बहादुर शाहीले २७१३ मत पाएका छन भने काग्रेस गणेश बहादुर शाहीले २४८० मत पाए । यस्तै एमालेका उपाध्यक्ष पदका उम्मेदवार तारा कुमारी शाहीले  काग्रेसकी इन्द्रा शाहीलाई  ८८७ मतले पछाडी पारेर विजयी भइन । एमालेकी  तारा कुमारी शाहीले २९५४ मत पाइन भने कांग्रेसकी इन्द्रा शाहीले २०६७ मत पाइन ।

टाँठीकाँध गाउँपालिकामा एमालेका धिरबहादुर शाहीले १९२४ मत प्राप्त गरेर बिजयी भएका छन् । उपाध्यमा सुम्मिता सिंहले १९७८ मत प्राप्त गरेर बिजयी भएकी छन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रक्षबहादुर शाहीले अध्यक्षमा १५६२ र उपाध्यक्षमा भद्रा शाहीले १५३२ मत प्राप्त गरेका छन् ।

महावु गाँउपालिका नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार जंग वहादुर शाहीले ३५२२ मत र उपाध्यक्ष पदका उम्मेदवार प्रेम कुमारी वुढाले ३८०८ले विजयी भएका हुन । ६ वटा वडा रहेको गाउपालिकामा नेकपा एमालेका ४ वडा जितेको छ । एमालेले १, ४, ५ र ६ जितेको छ भने २ र ३ मा काँग्रेसले जितेको छ ।

वडा नम्बर १ मा एमालेका हरि प्रसाद उपाध्यर्य, २ मा नोपली काग्रेसका राककृष्ण गुरुड, ३ मा नेपाली काग्रेसका हीरासिंह वडुवाल, ४ मा एमालेका देव वहादुर शाही, ५ मा एमालेका जगत हमाल र ६ मा एमालेका डम्वर तारामी वडा अध्यक्षमा विजयी भएका छन ।

भैरवी गाउपालिका नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेम वहादुर वुढाले ३५८४ मत र उपाध्यक्षमा उम्मेदवार पदम विष्ट ३४७८ मत प्राप्त गरि विजयी भएका हुन । ७ वटा वडा रहेको उक्त गाउपालिकामा नेकपा एमालेका ४ वडा जितेको छ । एमालेले १, २, ४, र ७ जितेको छ भने ३, ५ र ६ मा काँग्रेसले जितेको छ ।

डुङ्गेश्वर गाउँपालिकाका भने नेपाली कांग्रेसले जित हात पारेको छ । नेपाली कांंग्रेसका  प्रमुख पदका उम्मेवदार नगेन्द्र मल्लले २७ सय ८७ विजयी भएका छन् । उप प्रमुख पदमा नेपाली कांग्रेसकै सिता ज्ञवालीले २६ सय २८ मत ल्याएर विजयी भएकी छिन् । डुङ्गेश्वर गाउँपालिकाको वडा नंं १ र २ भने नेकपा एमालेले एकलौटी जित हात पारेको छ ।

गुराँस गाउँपालिकामा नेपाली काग्रेसका खेमराज वली र उपाध्यक्षमा काँग्रेसकै गिताकुमारी वली बिजयी भएको खबर प्राप्त भएको छ मतपरिणाम भने आउन बाँकी छ । त्यस्तै भगवती माई गाउँपालिका, दैलेखको दुल्लू नगरपालिका र आठवीस नगरपालिमा नेकपा एमालेले अग्रता कायम गरेको छ भने नौमूले गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।

भगवतीमाई गाउँपालिकामा प्रमुख पद र उप प्रमुख पदमा नेकपा एमालेले बाजी मारेको छ । एमालेका दान बहादुर थापाले २३२९ मत सहित विजयी भएका छन् । भने कांग्रेसका दरशथ खड्काले १७८९ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुख पदका लागि एमालेका चन्द्रा रेग्मीले २४२१ मत सहित विजयी भएकी छिन् भने कांग्रेसकी मिना खड्काले १८२९ मत पाएकी छिन् ।

नौमूले गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार भदे बुढामगरले ३१५२ मत सहित विजयी भएका छन् भने एमालेका लिल बहादुर रामजारीले २६४४ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुख पदमा नेपाल कांग्रेसकी अमृता सिंहले ३२८० मत सहित विजयी भएकी छन् भने एमालेकी झरना चन्दले २७३४ मत प्राप्त गरेकी छिन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको