Like us!
Follow us!
Connect us!
Watch us!

आयल निगमको नाफा बढ्ने आइओसीले पठायो नयाँ मूल्य सूची

विहीबार, ०४ जेठ २०७४, १६ : ३४ मा प्रकाशित

आयल निगमको नाफा बढ्ने आइओसीले पठायो नयाँ मूल्य सूची

अर्थ संसार, 
काठमाडौँ– नेपाल आयल निगमले पुनः नाफा कमाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ क्रमशः घट्दै गएपछि निगमको नाफा समेत बढ्ने भएको हो ।

भारतीय आयल निगम (आइओसी) ले पठाएको नयाँ मुल्य विवरण अनुसार मासिक नाफामा वृद्धि भएको हो ।

आइओसीले १५ मे मा पठाएको मुल्य विवरण अनुसार निगमको नाफा करिव रु २० करोड पुग्ने अनुमान छ । गत १ मे मा पठाएको मुल्य विवरण अनुसार निगमलाई रु ७ करोड ३४ लाख रुपैयाँ नाफा थियो ।

निगमलाई डिजेल र एलपी ग्यास वाहेक अरुमा नाफा रहेकाले पनि नाफा वढेको देखिएको छ ।गत मे १ तारिखमा आइओसीले पठाएको मुल्य विवरण अनुसार पेट्रोलमा मात्र कुल रु ७ करोड ३७ लाख थियो ।


यस्तै, गत १ मे मा पठाएको मुल्य विवरण अनुसार निगमलाई मट्टितेलमा १ करोड ४५ लाख, आन्तरिक हवाई इन्धनमा कुल २ करोड ३४ लाख अन्तर्राष्ट्रिय हवाइ इन्धनमा रु १० करोड ५ लाख कुल नाफा थियो ।

तर, निगमलाई सो समय पठाएको विवरण अनुसार एलपी ग्यासमा रु ८ करोड १४ लाख र डिजेलमा रु ५ लाख ७४ लाख घाटा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको