Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनको सकरात्मक प्रभाव किन परेन सेयर बजारमा ?

विहीबार, ०४ जेठ २०७४, १६ : १० मा प्रकाशित

निर्वाचनको सकरात्मक प्रभाव किन परेन सेयर बजारमा ?

अर्थ संसार, 
काठमाडौं– यतिखेर देश स्थानीय तहको निर्वाचनको माहोलमा डुबेको छ । मतगणना गन्ने काम धमाधम भैरहेको छ । मतगणनाको परिणाम पनि आउने क्रम जारी छ ।

 स्थानीय तह निर्वाचको परिणाममा नेपाली कांग्रेस र नेकपा एमाले विच कडा प्रतिष्प्रर्धा भैरहेको बेला यता सेयर बजार भने घटिरहेको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) आज बिहिबार  सेयर बजार सामान्य अंकले घटेको छ ।

यस दिन नेप्से ०.३९  अंकले घटेको छ । यस दिन बैक  र अन्य समुह बाहेक अरु सबै  समूमा हरियाली छाएको छ ।  नेप्सेमा आज  होटल ३५.७४ अंक, विकास बैंक १३.४८ अंक, हाइड्रोपावर २५.२८ अंक, फाइनान्स ५.१९ अंक, इन्स्योरेन्स २९.१९ अंक र उत्पादन ३५.११  अंकले बढेको छ । यता बैंक ७.९४ अंक र अन्य १.७४ अंकले घटेको छ । 

जम्मा १४६ वटा कम्पनीको १२ लाख ७ हजार ६ सय ९ वटा सेयर कित्ता किनबेच हुदाँ ७८ करोड १२ लाख ६९ हजार बराबरको कारोबार भएको छ ।   सामान्य अंकले घटेको बजारमा कमउने र गुमाउने कम्पनी यसप्रकार छन्
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको