Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो हुन्छ बहिर्मुखी आर्थिक राष्ट्रवाद ? अर्थशास्त्री मदन दाहालले अगाडि सारे ‘नयाँ नारा’

बुधबार, ०३ जेठ २०७४, १६ : ५७ मा प्रकाशित

कस्तो हुन्छ बहिर्मुखी आर्थिक राष्ट्रवाद ? अर्थशास्त्री मदन दाहालले अगाडि सारे ‘नयाँ नारा’


अर्थ संसार 
काठमाडौँ, अर्थविद एवम् बैंकर मदन दाहालले ‘वहिर्मुखी आर्थिक राष्ट्रवाद’को नीति प्रतिपादन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन् ‘‘साम्यवाद हिंसामा आधारित अधिनायकवादी शासन पद्धति भएकोले असफल भयो ।

धेरै मुलुकहरूमा समाजवाद मिश्रित अर्थतन्त्रको रूपमा प्रयोग भयो र “पपुलर नारा“को रूपमा सीमित भएकोले न्यून आय भएका वर्गको उत्थानको निमित्त समाजवाद हातीको देखाउने दाँत मात्र भयो । पुंजीवादले गरीव र धनी वीचको खाडल अत्यधिक वढायो ।

२०५ मानिसको हातमा संसारको ८०५ साधन र सम्पतिको श्रोत केन्द्रित रह्यो ।’’ दाहालले अगाडि लेखेका छन् ‘‘ तसर्थ नेपाल जस्तो संसारको एउटा अत्यन्त गरीव र अल्पविकसित मुलुकले ’वहिर्मुखी आर्थिक राष्ट्रवाद’को नीति प्रतिपादन गर्नु पर्दछ।

यो नीति अवलम्वन गरे मात्र नेपालमा आर्थिक सम्वृद्धिको प्रत्याभूति हुन्छ र मुलुकको सार्वभौमसत्ता अक्षुण कायम रहन सक्छ ’’ उनले वहिर्मुखी आर्थिक राष्ट्रवाद’को नीतिले राष्ट्रिय स्वार्थ र जनताको कल्याणलाई सर्वोपरि प्राथमिकतामा राखेर प्रतिस्पर्धाको आधारमा विश्व अर्थतन्त्र संग प्रभावकारी ढंगले जोडेर उदारीकरण र विश्वव्यापीकरणवाट फाईदा उठाउने लक्ष्य राखेको हुनेमा जोड दिएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको