Like us!
Follow us!
Connect us!
Watch us!

गुलल सर्चले मोवाइल र डेस्कटपमा फरकफरक सामग्री देखाउने

बुधबार, ०३ कार्तिक २०७३, १३ : ३४ मा प्रकाशित

गुलल सर्चले मोवाइल र डेस्कटपमा फरकफरक सामग्री देखाउने

एजेन्सी
काठमाडौं–स्मार्टफोनले हाम्रो जिन्दगीलाई दिनहुँ फरक तरिकाले परिवर्तन गरिरहेको छ । हरेक दिन नयाँ एप, नयँ सेवा विस्तार भएर मानिसका लागि विभिन्न काम सजिलै गर्न सक्ने बनाइ दिएको छ । हरेक कुरा खोज्न सजिलो बनाउन प्रयास हुँदै आएको छ ।

गुगल सर्च चाँडै पहिलेभन्दा फरक देखिने छ । संसारको सबैभन्दा ठूलो कम्पनी अब स्मार्टफोन र डेस्कटपमा गरिने सर्चलाई अलगअलग देखाउनमा जुटेको छ । सर्च इंजनको एक प्रतिवेदनअनुसार गुगल एक मोबाइल इन्डेक्स तयार गरिहेको छ । जसले मोवाइलमा सर्च गर्नेहरुलाई त्यही डिभाइमा मात्रै देखाउने छ ।

गुगलले उसको कोशिश सबै मानिसले उसको प्रोडक्ट र सर्भिसको प्रयोग गर्न आफ्नो मोवाइल धेरैभन्दा धेरै प्रयोग गरुन् भन्ने हुने बताएको छ । यसो गरे गुगललाई आफ्ना ग्रााहकका बारेमा धेरै भन्दा धेरै कुरा थाहा पाउन सजिलो हुने छ । इंटरनेटमा कैयौं वेबसाइट वा अनलाइन प्रकाशकका लागि आफ्नो कन्टेन्ट स्मार्टफोनलाई ध्यानमा राखेर बनाउन जरुरी भइसकेको छ ।

केही महिनाअघि गुगलले एक्सेलरेटेड मोबाइल पेज सार्बजनिक गरेको थियो । यसबाट जुनसुकै सामग्री सर्च गर्नासाथ स्मार्टफोनमा देखाउन मद्दत गर्ने छ । इन्टरनेटको प्रयोग कैयौं मुलुकमा ब्रोडब्यान्भन्दा कैंयौं गुणा बढी गतिमा बढिरहेको छ । यसैले सबै कम्पनीहरुले आफ्नो बारेमा जानकारी दिनका लागि मोबाइलमा चल्ने वेवसाइट बनाइरहेका छन् । हालै कैंयौं इकमर्स र सोसल मिडिया कम्पनीहरुले पनि आफ्नो वेवसाइटको यस्तो भर्सन सार्बजनिक गरेका छन् । जसलाई सजिलै स्मार्टफोनमा लोड गर्न सकिन्छ ।

भारत जस्तो मुलुकमा मोबाइल ब्रोडब्यांड प्रयोग गर्नेको संख्या ३५ करोडभन्दा ज्यादा रहेको अनुमान छ । यिनीहरुमध्ये केही यस्ता पनि छन्, जसले ल्याण्डलाइनमा ब्रोडब्यान्डको प्रयोग कहिल्यै गरेका छैनन् । यस्ता ग्राहकको आवश्यकता बुझ्न गुगल र यस्तै कम्पनी त्यहाँसम्म पुगेका छन्, जहाँ अहिलेसम्म इन्टरनेट पुग्न सकेको छैन । मोबाइलको माध्यमबाट इन्टरनेट पुर्याउनु सस्तो पनि पर्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको