Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकले कमायो नौ महिनामा दुई अर्ब सात करोड

मंगलबार, ०२ जेठ २०७४, १४ : ११ मा प्रकाशित

वाणिज्य बैंकले कमायो नौ महिनामा दुई अर्ब सात करोड


अर्थ संसार,
काठमाडौँ– सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा रु २ अर्ब ७ करोड ४९ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधीको तुलनामा २८ प्रतिशतले बढी हो ।बैंकले गत आवको ९ महिना अवधीमा रु एक अर्ब ६१ करोड नाफा कमाएको थियो । यो आवको ९ महिनामा बैंकले ४ अर्ब ६७ करोड व्याज आम्दानी गरेको छ ।

व्याज आम्दानीमा भएको वृद्धिले नाफा वढेको हो । बैंकले गत आवको तेस्रो त्रैमासिक अवधीमा रु ३ अर्ब ७३ करोड ब्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंकले यो अवधीमा आइपुग्दा रु एक खर्ब ३५ अर्ब निक्षेप संकलन गरेको छ भने रु एक खर्ब १३ अर्ब कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी रु ८ अर्ब ५८ करोड र खराव कर्जा २ दशमलव ७० प्रतिशत छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको