अर्थ संसार
काठमाडौँ– शिखर इन्सुरेन्सले गत चैत मसान्तसम्म रु २६ करोड ६३ लाख खुद नाफा गरेको छ । कम्पनीले प्रकाशित गरेको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा नाफा रु ६ करोडले बढेको छ ।
इन्सुरेन्सले थप सार्वजनिक निष्कासन(एफपिओ) ल्याउन लागेको जनाएको छ । निर्जीवन बिमा कम्पनीमा सबैभन्दा बढी रु ८१ करोड चुक्ता पुँजी रहेको शिखरले ९ महिनामा रु २ अर्ब बीमा शुल्क आर्जन गरेको छ ।
अघिल्लो वर्षको ९ महिनामा यस्तो बीमा शुक्क आर्जन रु एक अर्ब २८ करोड थियो । चैत मसान्तसम्ममा कम्पनीबाट जारी बीमा लेखको संख्या २ लाख ९ हजार पुगेको छ ।
अघिल्लो वर्ष यस्तो संख्या एक लाख ५९ हजार थियो । कम्पनीको प्रति सेयर आम्दानी रु ४४ रहेको छ ।