Like us!
Follow us!
Connect us!
Watch us!

भोलि अनुमति बेगरका सवारी सञ्चालनमा रोक

शनिबार, ३० बैशाख २०७४, १६ : ४५ मा प्रकाशित

भोलि अनुमति बेगरका सवारी सञ्चालनमा रोक

अर्थ संसार 

काठमाडौँ -स्थानीय तह निर्वाचनको मतदानको दिन भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालले दिनुभएको जानकारी अनुसार भोलि निर्वाचनको दिन अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा आउने छ । 

विदेशबाट आएका पर्यटकहरुका लागि त्रिभुवन विमानस्थलबाट तीनवटा बेग्लाबेग्लै रुटमा सवारी साधन सञ्चालन गरिने भएको छ । 

उहाँका अनुसार निर्वाचनका लागि गत वैशाख १ गतेदेखि आजसम्म काठमाडौँबाट बाहिर जाने यात्रुको सङ्ख्या २२ लाख ४४ हजार ४५९ पुगेको छ र काठमाडौँ भित्रिनेको सङ्ख्या २१ लाख ३८ हजार ९३८ रहेको छ ।

आज नेपाल बन्द भनीे हल्ला चले पनि काठमाडौँमा सवारी साधन सञ्चालनमा कुनै प्रभाव नपरेको र अहिलेसम्म कुनै घटना नभएको जानकारी पनि उहाँले दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको