Like us!
Follow us!
Connect us!
Watch us!

चितवान पुगेर ओलीले भने –‘एमालेको नेतृत्व भयो भने देश समृद्ध बन्नेछ ’

विहीबार, २८ बैशाख २०७४, १७ : १७ मा प्रकाशित

चितवान पुगेर ओलीले भने –‘एमालेको नेतृत्व भयो भने देश समृद्ध बन्नेछ ’

अर्थ संसार 

रत्ननगर– नेकपा ( एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै क्षेत्रमा एमालेको नेतृत्व भयो भने मात्रै देश समृद्ध बन्ने बताउनुभएको छ । 

एमाले भरतपुर महानगर कमिटीको आयोजनामा आज नारायणगढमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले राष्ट्रिय एकताका पक्षमा र राष्ट्रिय पहरेदारका रुपमा रहेको उहाँले प्रस्ट गर्नुभयो । 

चुनावमा सरकार धाँधली गर्न उद्दत रहेको आरोप लगाउँदै उहाँले प्रजातान्त्रिक मूल्यमान्यता विपरीत धाँधलीका काम भैरहेको जिकिर गर्नुभयो । “जेठ १५ गते बजेट आउने, जेठ १५ भन्दापछि चुनाव गर्नुपर्ने, चुनावी बजेट सस्तो लोकप्रिय बजेट जारी गर्ने, अनि चुनाव गर्ने, यो धाँधली हो कि होइन रु” नेता ओलीले प्रश्न गर्नुभयो । 

पूर्वप्रधानमन्त्री ओलीले आफूहरुले चुनावमा निष्पक्षता चाहेको बताउँदै प्रशासन र अदालतलाई आतङ्कमुनि राख्ने प्रयास भइरहेको भनी सरकारको आलोचना गर्नुभयो । अध्यक्ष ओलीले ठाउँ ठाउँमा एमालेका कार्यकर्तामाथि हमला भैरहेको बताउँदै दुःख व्यक्त गर्नुभयो ।

विभिन्न ठाउँमा विभिन्न व्यक्ति मरिरहेको घटना भए पनि न्याय दिन्छु भन्न नसक्नेलाई काँग्रेसले बोकेको उहाँको आरोप थियो । कार्यक्रम सुरु हुनुअघि भरतपुरको चौबिसकोठीबाट एमाले कार्यकर्ताहरुले बाजागाजासहित पदयात्रा निकालेका थिए । रासस ९९तस्बिर र श्रव्य सामग्री उपलब्ध छ ० 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको