Like us!
Follow us!
Connect us!
Watch us!

फिल्मको समेत उपहार योजना, जात्राले हिरोइनसँग डेटिङ लैजाने

बुधबार, ०३ कार्तिक २०७३, १० : ५८ मा प्रकाशित

फिल्मको समेत उपहार योजना, जात्राले हिरोइनसँग डेटिङ लैजाने


अर्थ संसार
काठमाडौं–प्रदर्शनको तयारीमा रहेको चलचित्र जात्राले दर्शकका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका दर्शकलाई लक्षित गर्दै जात्राले ‘हजार समाऔँ, लाख कमाऔँ’ अफर सार्वजनिक गरेको हो । जात्रा नेपाली फिल्म फेसबुक पेज लाइक गर्नेले अफरमा भाग लिन सक्नेछन् ।

जात्रा फिल्मको अफिसियल पेजमा रहेको छोटो भिडियोबाट क्लिक गरेर हजारको नोट समाएर यो अफरमा सहभागि हुन सकिने निर्देशक प्रदिप भट्टराईले जानकारी दिए । उपहार जित्नलाई हजारको नोट समाएर सोहि भिडियोको कमेन्टमा स्क्रीनसट पोस्ट गर्नुका साथै उक्त भिडियो फेसबुकमा सेयरसमेत गर्नु पर्नेछ ।

यसरी हजार समाउनेमध्येबाट हप्ताको एक जनालाई जात्राको कलाकारसँग डेटिङको व्यवस्था गरिने बताइएको छ । फिल्म प्रर्दशन हुन ३ साता बाँकी रहेकाले पहिलो हप्ताको विजेताले नायिका वर्षा राउतसँग डेटिङ जान पाउने छन् । दोश्रो हप्ता प्रेक्षा बज्राचार्यसँग र तेश्रो हप्ता विपीन कार्की (भस्मे) र रविन्द्र सिंह बानीया (हनुमान) सँग भेट्ने अफर गरिएको छ । 

योसँगै कार्तिक २४ गते हुने प्रिमियरमा हजारको नोट समाएर पोस्ट सेयर गर्ने ५ जना दर्शकलाई बम्पर उपहार प्रदान गर्ने जात्रा टोलीको योजना छ । जसमध्ये एकजनालाई स्मार्ट फोन, एक जोडीलाई पोखरा र अर्को एक जोडीलाई सौराहाको २ रात ३ दिनको टुर प्याकेज दिइने जात्रा फिल्मका निर्माता रबिन्द्र सिंह बानीयाले बताएका छन् ।

यस्तै, एक जानलाई  फिल्ममा मुख्य कलाकार विपीन कार्कीले प्रयोग गरेको इलेक्ट्रोनीक स्कुटर उपहार स्वरुप प्रदान गरिनेछ  भने अन्य ५ जनालाई प्रिमीयरमा जात्रा हेर्ने टिकट प्रदान गरिनेछ । राजधानीबाट टाढा रहेका दर्शकले कलाकार भेट्ने अफर प्राप्त गरेमा भिडियो च्याट वा फोनबाट कुराकानी गराउने फिल्म निर्माण टोलीको योजना छ ।
 

580704b4da3e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको