Like us!
Follow us!
Connect us!
Watch us!
कुल १३ आयोजनामा बैंकको लगानी

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मात्रै जलविद्युत् आयोजनामा चार अर्ब ४७ करोड लगानी

विहीबार, २८ बैशाख २०७४, १६ : ११ मा प्रकाशित

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मात्रै  जलविद्युत् आयोजनामा चार अर्ब ४७ करोड लगानी

अर्थ संसार, 
काठमाडौँ– पछिल्लो समयमा बैंक तथा विपित्तय संस्थाहरु एक पछि अर्को गर्दै जलविद्युत् आयोजनामा लगानी गर्ने होड बढीरहेको बेला सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मात्रै हालसम्म रु चार अर्ब ४७ करोड सात लाख लगानी गरेको छ ।

बैंकले  हालसम्म १४०.८१ मेगावाटबराबरका १३ आयोजनामा रु ४ अर्ब ४७ करोड ७ लाख लगानी प्रतिबद्धता जनाएको बैंकका कर्जा प्रमुख सुमित खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार बैंकले लगानी गरेका ६ आयोजनाबाट अहिले बिजुली उत्पादन भइरहेको छ । दैलेखमा निर्माणाधीन ३.७५ मेगावाटको द्वारी खोलाबाट आगामी साता व्यावसायिक उत्पादन सुरु हुने बताइएको छ । बैंकले यो आयोजनामा रु ५५ करोड लगानी गरेको छ ।

ऋण लगानी गरेका ६ आयोजना निर्माण भइरहेका छन् । १४.९ मेगावाटको माया खोला बैंकले लगानी गर्न लागेको पछिल्लो आयोजना हो । माया खोलामा बैंकको अगुवाइमा रु १ अर्ब ७४ करोड ऋण लगानी हुँदैछ ।

‘उक्त आयोजनामा रु १ अर्ब ७५ करोड रुपैयाँ लगानी हुनेछ,’ खत्रीले भने, ‘रु ७५ करोड सिटिजन्स बैंकले मात्र लगानी गर्दैछ । रु एक अर्बबराबरको लगानी अन्य बैंकसँगको सहकार्यमा जुटाइनेछ ।’ बैंक तथा वित्तिय संस्थालाई नेपाल राष्ट्र बैंकले कुल कर्जाको करिब १३ प्रतिशत लगानी गर्नैपर्ने वाध्यकारी व्यवस्था गरिएको छ ।

वाध्यकारी व्यवस्थाअनुसार बैंक तथा वित्तिय संस्थाले पछिल्लो समयमा जलविद्युत् क्षेत्रमा लगानीका लागि अग्रसर भएका छन् ।बैंकका अनुसार ११ मेगावाटको तल्लो मोदी–२ मा लगानी गर्नेबारे प्रवद्र्धक कम्पनी  युनाइटेड मोदी हाइड्रो पावरसँग छलफल  भइरहेको छ । सो आयोजना तल्लो मोदी–१ को क्यासकेड आयोजना हो । तल्लो मोदीमा पनि सिटिजन्स बैंकले प्रमुख बैंकका रूपमा लगानी गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले ‘टेक अर पेमा विद्युत खरिद सम्झौता (पिपिए) गर्न सुरु गरेलगत्तै तल्लो मोदी–२ मा रु ५० करोड बराबरको लगानी गर्ने योजना रहेको खत्रीले बताए ।सुरुमा साना आयोजनामा अन्य बैंकसँगको सहकार्यमा ऋण लगानी गर्दै आएकामा बैंकले विस्तारै लगानीको दायरा फराकिलो बनाउँदै गएको छ ।

राजनितिक अस्थितरता र बारम्बार सरकार परिवर्तनले जलविद्युतमा लगनाी गर्न ठूलो जोखिम रहेको बैंकको अनुभव छ ।दुर्गम क्षेत्रमा निर्माण हुने आयोजनामा लगानी गर्दा प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण गर्दैन । यही कारण लगानी गर्नुअघि बिचार पुर्याउनु पर्ने खत्रीले बताए ।

बैंकले लगानी गरेको ६.३६ मेगावाटको टुंगुन–ठोस्ने खानी खोलामा पनि प्रसारण लाइनको समस्या झेल्नु परेको छ । प्राधिकरणले समयमा लाइन पूरा नगर्दा ती आयोजना निर्माणपछि पनि पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् ।

बैंकका अनुसार तरतला अभाव हुँदाको अवस्थामा समेत जलविद्युत आयोजनामा हुने लगानी फरक पर्ने देखिँदैन । आयोजनालाई एकै पटक सबै लगानी उपलब्ध गराउनु नपर्ने भएकाले समस्या नदेखिने उनले बताए ।

बैंक तथा वित्तिय संस्थाले जलविद्युत् आयोजनामा लगानी गर्ने क्रम बढीरहेको छ । पछिल्लो पटक एनएमबी बैंकले २७ वटा आयोजनामा लगानी गरेको छ ।यस्तै ग्लोबल आइएमइ बैंकले पनि डेढ दर्जन भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको