Like us!
Follow us!
Connect us!
Watch us!

जितु नेपालको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो)

सोमबार, २५ बैशाख २०७४, १७ : ३५ मा प्रकाशित

अर्थ संसार 
काठमाडौं– हास्य कलाकारको रुपमा परिचित जितु नेपाल (मुन्द्रे) पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । ‘पिरतीको चश्मा’ बोलको गीतमा उनी मोडलको रुपमा प्रस्तुत भएका छन् ।

यूवा हास्य व्यंग्यकार राजा राजेन्द्र पोख्रेलको गीतमा मुन्द्रे मोडल बनेका हुन् । जितुले राजा राजेन्द्र पोख्रेल आफूलाई मन पर्ने हास्यकलाकार तथा प्यारो भाई भएका कारण उनको गीतमा मोडलको रुपमा अभिनय गरेको प्रतिक्रिया दिएका छन् । 

यस अघि थुप्रै गीतमा अभिनय गर्ने प्रस्तावलाई अस्वीकार गर्दै आएका जितुले राजा राजेन्द्रको प्रस्तावलाई भने अस्वीकार गर्न नसकेको बताएका छन् । राजा राजेन्द्रको रोमान्टिक गीत उत्कृष्ट लागेकाले म्युजिक भिडियो आफु पनि देखिएको उनले स्पष्ट गरेका छन् ।

गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । यस भिडियोमा जितु नेपालका साथै नायक प्रथम खड्का, समारिका ढकाल, स्मारिका ढकाल लगायतको अभिनय छ ।

राजा राजेन्द्रको गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ भने राजनराज शिवाकोटीले संगीत भरेका छन् भने राजन ईशानले संगीत संयोजन गरेका हुन् । गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

सिनेमा र कार्यक्रमहरुमा कहिले काहीँ नाचेको गीतको तालमा नाच्न आफुलाई निकै कठिन भएको जितुले बताए । म्युजिक भिडियोमा बल्लतल्ल नाचेका जितुले नाच्न भन्दा हँसाउन सजिलो भएको भन्दै आफूलाई कहिल्यै पनि नाचेर खान्छु जस्तो नलागेको खुलाएका छन् ।

‘शुरु देखि नै नृत्यमा रुची राखेर सिकेको भए त सकिन्थ्यो होला । तर अहिले भने नाच्न अलि गाह्रै लाग्ने रहेछ । मेरो कलाकारिता प्रवेश पनि हाँस्य कार्यक्रमबाटै भयो । शुरु देखि नै प्रहसन गर्ने र सिरियलहरुमा कमेडि रोलहरु गर्ने तिर नै लागेँ ।

तर बागबजारमा रहेको ‘नेपाल आर्टस डान्स सेन्टर’मा आफुले नाचेको उनले बताएका छन् । म नृत्यको पारखी हो मलाई एकदमै नृत्य गर्न मन लाग्छ तर स्टेपहरु मरिकाटे नमिल्ने’, जितुले थपे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको