Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँड हुँदै, कसलाई कति पर्यो ?

सोमबार, २५ बैशाख २०७४, १७ : १२ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँड हुँदै, कसलाई कति पर्यो ?

अर्थ संसार 
काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ  बाँडफाँट अहिले बाँडफाँड हुँदै ।  बैंकको एफपिओमा १४० कित्तासम्म आवेदन दिनेले गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् ।

त्यस्तै १५० देखि १६० कित्तामाथि आवेदन दिनेलाई अनिवार्य १० कित्ता, १६० भन्दा माथि शेयर आवेदन दिनले ११ कित्ता पाएका छन् ।

त्यस्तै सबैभन्दा बढी २५ हजार ५८० कित्ता आवेदन दिने लगानीकर्ताले १६ सय ३० कित्ता शेयर प्राप्त गरेका छन् ।

बैंकले चैत १ देखि ४ गतेसम्म ११ सय ९० प्रिमियम थपगरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशन गरेको थियो ।

जसमा करिब दुई लाख २५ हजार लगानीकर्ताबाट ३८ अर्बको आवेदन परेको थियो । नेपाल धितोपत्र बोर्डले बैंकका सेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई अघिल्लो शुक्रबार पत्र लेखेरै सार्वजानिक निष्कासनको बिक्री बन्द भएको ५० दिनभित्रै सेयर बाँडफाँट गर्न निर्देशन दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको