Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारबारे जानकारी दिने ‘नेपाली पैसा’ मोबाइल एप सार्वजनिक

सोमबार, २५ बैशाख २०७४, १६ : ०० मा प्रकाशित

सेयर बजारबारे जानकारी दिने ‘नेपाली पैसा’ मोबाइल एप सार्वजनिक

अर्थ संसार, 
काठमाडौं– नेपाली पुँजी बजारको विषयमा जनाकारी लिन सकिने गरि प्रिमियम सहित अत्याधुनिक सुविधाको मोबाइल एप ‘नेपाली पैसा’ बजारमा आएको छ ।

सूचना प्रविधि क्षेत्रमा लामो समय देखी काम गर्दै आएको सोर्स कोड प्राइभेट लिमिटेडले यो मोबाइल एप निर्माण गरेको हो ।

कम्पनीका अनुसार एपमार्फत नेपालको पुँजी बजार सम्बन्धी महत्वपूर्ण समाचार, सेयर कारोबारको प्रत्यक्ष जानकारी, सूचीकृत कम्पनीका बारेमा जानकारी प्रदान गर्नेछ ।

यसका साथै प्रयोगकर्ताले एपको प्रयोग गरि वितिय संस्थाका आइपीओ, हकप्रद, एफपीओलगायत लगानी अवसरका विविध सूचना हासिल गर्न सक्नेछन्।

बजरमा भएका कर्पोरेट गतिविधि, सूचीकृत कम्पनीका महत्वपूर्ण गतिविधिलाई पनि एपमा समेटिएको छ । सेयर बजारको आधारभूत तथा प्राविधिक विश्लेषण र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी सेवा पनि एपमा उपलब्ध रहेको छ ।

नेपालमै पहिलो पटक लगानीकर्ताले मोबाइल एपमार्फत पुँजी बजारसम्बन्धी गहन विश्लेषणसहितको प्रिमियम सेवासमेत पाउने कम्पनीको दावि छ । यसअन्तर्गत गहन प्राविधिक र आधारभूत विश्लेषण सेवा उपलब्ध हुनेछ । साथै, पोर्टफोलियो ट्रयाकर र एडभान्स चार्ट सेवासमेत उपलब्ध गराइएको छ ।


एपले सेयर बजार सम्बन्धी विस्तृत जानकारी दिने अनि प्रयोगकर्तामैत्री डिजाइन र चलाउन सजिलो भएकाले बजारमा उपलब्ध अरु एप भन्दा उत्कृष्ट रहेको निर्माता सोर्स कोड प्रालिका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको