Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरले तेस्रो त्रैमासमा ३ करोड कमाउन सफल

सोमबार, २५ बैशाख २०७४, १३ : ०० मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरले तेस्रो त्रैमासमा ३ करोड कमाउन सफल

अर्थ संसार 
काठमाडा– अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ४४ लाख रुपैयाँ कमाउन सफल भएको छ । 

८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी भएको अरुण भ्याली हाइड्रोपावर कम्पनीले जगेडाकोषमा ३ करोड ७३ लाख रुपैयाँ राखेको छ । लगानीमा १८ प्रतिशतले वृद्धि गरी ५४ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ ।

त्यस्तै बिक्रीमा २१ प्रतिशतले घटेर ४ करोड १० लाख रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा गत वर्षको तुलनाभन्दा २५ प्रतिशतले घटेर ४ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रति शेयर आम्दानी ५ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दनीको अनुपात ५३ गुणा, प्रति शेयर नेटवर्थ १ सय ०४ दशमलव ४० रुपैयाँ र तरलता अनुपात ३ दशमलव ८९ प्रतिशत रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको