Like us!
Follow us!
Connect us!
Watch us!

लोकमानको म्याद तामेल, कहिले हाजिर होलान् सर्बोच्च ?

मंगलबार, ०२ कार्तिक २०७३, १६ : २६ मा प्रकाशित

लोकमानको म्याद तामेल, कहिले हाजिर होलान् सर्बोच्च ?

अर्थ संसार
काठमाडौं–सर्वोच्च अदालतको टोलीले अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेल गरेको छ । सबोच्चको तामेली टोलीले सोमबारै म्याद तामेल भएको प्रतिवेदन सर्वोच्च अदालतलाई बुझाएको छ ।

करिब एक महिनाको प्रयासपछि टोली म्याद तामेल गर्न सफल भएको हो । काठमाडौं महानगरपालिका वडा १० का सचिव सरिता राईको रोहबरमा कार्कीको बानेश्वरस्थित घरमा म्याद तामेल गरेको प्रतिवेदन अदालतमा प्राप्त भइसकेको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । म्याद तामेल भएको सम्पूर्ण प्रतिवेदन सहितको कागजात टोलीले सर्वोच्चमा पेश गरेको छ ।

तामेल भएपछि मुद्दा पेशीमा चढ्न अवरोध नहुने पौडेलले बताए ।  म्याद तामेल भएसँगै अबको १५ दिनभित्र कार्की सर्वोच्च अदालतमा उपस्थित हुनुपर्ने छ । नियुक्तिका बेला योग्यता नपुगेको भनि परेको रिटमा सर्बोच्चले निस्सा दिएपछि कार्की बिरुद्धको मुद्धा पुन सुनुवाइ हुन लागेको हो ।

सर्बोच्चले बिपक्षी कार्कीलाइ अदालतमा बोलाएपनि नआएपछि म्याद तामेली गरिएको हो । प्रमुख आयुक्त कार्की हाल विदा लिएर क्यानाडा गएका छन् । म्याद तामेल गर्न लापरबाही गर्ने अघिल्ला तामेलदार शम्भुबहादुर खत्रीलाई सर्वोच्चले कारबाही गर्ने भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको