Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल हस्ताक्षरबारे अन्तक्र्रिया

सोमबार, २५ बैशाख २०७४, ११ : ४२ मा प्रकाशित

डिजिटल हस्ताक्षरबारे अन्तक्र्रिया

दिनिता लामिछाने
काठमाडौं–नेपाल सर्टिफाइङ कम्पनीले डिजिटल हस्ताक्षर र पिकेआइयुक्त एप्लिकेसन तयारी’ बारे राजधानीमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लबमान सिंहले डिजिटल हस्ताक्षरबारे आफ्नो प्रस्तुति दिएका थिए ।

उनले डिजिलट सामग्रीको सुरक्षा र कानुनी स्वामित्व ग्रहण गर्न डिजिटल हस्ताक्षर अनिवार्य भएको बताउँदै यसको कार्यान्वयनमा सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालगायतले जोड दिनु पर्ने बताए ।

कार्यक्रममा भारतीय विज्ञ पवन शैनीले पिकेआइयुक्त एप्लिकेसन तयार गर्नेबारे आफ्नो प्रस्तुति दिएका थिए ।

यस्तै पूर्वमन्त्री गणेश साह, सूचना प्रविधि विभागका महानिर्देशक बीरेन्द्रकुमार मिश्र, प्रमाणिकरण नियन्त्रण कार्यालयका नियन्त्रक दीपक श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठलगायतले डिजिटल हस्ताक्षरको आवश्यकताबारे आआफ्नो धारणा राखेका थिए । 

59100f965ff4c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको