Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो तोकियो जलाशय र अर्धजलाशयको विद्युत् खरिद दर

आइतबार, २४ बैशाख २०७४, १८ : ३६ मा प्रकाशित

यस्तो तोकियो जलाशय र अर्धजलाशयको विद्युत् खरिद दर

अर्थ  संसार 
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट रु १२ रुपैयाँ ४० पैसा पलब्ध गराउने भएको छ ।

प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् खरिद दरअनुसार मङ्सिर १६ देखि जेठ १५ गतेसम्म सो महसुल उपलब्ध गराउने भएको हो ।

जलाशयुक्त आयोजना निर्माणका लागि प्रोत्साहित गर्ने लक्ष्यका आधारमा प्राधिकरणले जेठ १६ गतेदेखि मंसिर १५ सम्म प्रतियुनिट रु ६.०३ मा विद्युत् खरिद गरिनेछ । छ महिनाको ऊर्जा कुल वार्षिक ऊर्जा उत्पादनको ५० प्रतिशत भएमा प्रतियुनिट रु ७.१० मा विद्युत् खरिद गरिनेछ ।

यस्तै अर्ध जलाशयुक्त आयोजनाको हकमा पनि प्राधिकरणले नयाँ विद्युत् खरिद दर कायम गरेको छ । सुक्खायाम विशेष गरी मंसिर १६ गतेदेखि जेठ १५ सम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने अर्ध जलाशयुक्त आयोजनालाई प्रतियुनिट रु ८.५० उपलब्ध गराउनेछ ।

त्यसमा एक घण्टासम्म २ घण्टा भन्दा कम समय विद्युत् उपलब्ध गराए प्रतियुनिट रु ८.५०, दुई घन्टादेखि ३ घण्टासम्म भन्दा कम प्रतियुनिट रु ८.८०, तीनघण्टादेखि चार घण्टाभन्दा कम रु ९.४०, चार घण्टादेखि ६ घण्टासम्म नियमित विद्युत् विद्युत् उपलब्ध गराए रु १०.५५ प्रतियुनिटमा विद्युत् खरिद गरिने छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको