Like us!
Follow us!
Connect us!
Watch us!

किन भयो काठमाडौँमा आज लोडसेडिङ

आइतबार, २४ बैशाख २०७४, १२ : २८ मा प्रकाशित

किन भयो काठमाडौँमा आज लोडसेडिङ

अर्थ संसार 
काठमाडौं – राजधानी काठमाडौैंमा आज पाँचघण्टा सम्म लोडसेडिङ हुने भएको छ । विद्युत् प्रधिकरणका अनुसार काठमाडौंका विभिन्न स्थानमा लोडसेडिङ गर्न आफूहरु वाध्य हुनु परेको हो ।

प्राधिकरणकाअनुसार खानेपानी तथा सरसफाई मन्त्रालयले खानेपानीको पाइप राख्न लागेको र केही स्थानमा सडक विस्तार भइरहेको कारण पनि वाध्य भएर लोडसेडिङ गर्नु परेको हो ।

सडक विस्तार तथा अन्डग्राउडका कार्यले बिहान ११ बजे देखि ४ बजेसम्म लोडसेडिङ हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

यी स्थानमा हुँदै छ लोडसेडिङ

स्यूचाटार–कालीमाटी फिडर अन्तर्गत
दुर्गानगर कोलोनी, कलंकी, लामपाटी, रविभवन, सोल्टीमोड, छाउनी, किमडोल, वाःहिटी, सीतापाइला (रिङ्गरोडभित्र) हुदै कान्तिपुर हलसम्मका क्षेत्र ।

स्यूचाटार–स्वयम्भु फिडर अन्तरर्गत

बाफल, सोल्टीदोबाटो, रामकोट खरिटर, सीतापाइला, स्वयम्भू कारखाना चोक, सशस्त्र प्रहरी प्रधान कार्यालय, महाडोल, आदेश्वर गुम्बा, रामकोट भीमढुङ्गा हुदै छत्रेदेउरालीसम्मका स्थानहरुमा लोडसेडिङ हुने जनाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको