Like us!
Follow us!
Connect us!
Watch us!
गु्रप सेल्फी ट्रेण्डलाई बढावा दिने सोच

ओप्पोको एकल र ग्रुप सेल्फी खिच्ने सानदार एफथ्री फोन नेपाली बजारमा

शनिबार, २३ बैशाख २०७४, २१ : ०८ मा प्रकाशित

ओप्पोको एकल र ग्रुप सेल्फी खिच्ने सानदार एफथ्री फोन नेपाली बजारमा

काठमाडौं–क्यामेरा फोन ब्राण्ड ओप्पोले गु्रप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउन नयाँ सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गरेको छ । 

मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले ३५ हजार रुपैयाँ निर्धारण गरेको छ । एफथ्री प्लसपछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामेरासहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो । 


एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छन् । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप  सेल्फीका लागि वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको छ । ‘ओप्पोका लागि उपभोक्ताको खुशी र सन्तुष्टि सँधै प्राथमिकताको विषय हो ।

पहामी फ्रण्ट क्यामेराको माध्यमबाट आफ्ना उपभोक्तालाई  हर क्षण रमाउँदै अनुभव संगाल्न सघाउँछौं’, ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने । एफथ्रीमा रहेको डबल भ्यू गु्रप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनामा दूई गुणा बढी फिल्ड अफ भ्यू दिने क्षमता राख्ने कम्पनीको दावी छ ।

फोनमा रहेको सीक्सपी लेन्सले न्यूनतम छवि विकृति (इमेज डिस्टोर्सन)का साथ उच्च श्रेणीका ब्यवसायिक गुणस्तरका तस्विर लिन सघाउँछ । यसले गर्दा प्रयोगकर्ताले सर्वोत्कृष्ट गुणस्तरका ग्रुप सेल्फी लिन सक्छन् । 

एकल वा ब्यक्तिगत सेल्फीका लागि एफथ्रीमा १६ मेगा पिक्सेल रिजोल्युसन, १÷३ इन्च सेन्सर र ठूलो एफ २.० एपर्चरको फ्रण्ट क्यामेरा छ । कम्पनीले केही समय अगाडी उपलब्ध गराएको एफवान एसका तुलनमा कार्यक्षमता र गुणस्तरका सवालमा कम्पनीले यसमा थप सुधार गरेको छ ।

चहकिलो पृष्ठभूमी भएका स्थानमा समेत यो क्यामेराले तस्विरमा उपयुक्त प्रकाश समायोजन गर्दै प्राकृतिक तस्विर लिन सघाउँछ । फोनमा रहेको क्यामेराले कम प्रकाश भएका स्थानमा समेत जीवन्त र स्पष्ट तस्विर लिन सकिन्छ ।

ओप्पोले नयाँ क्यामेरामा स्मार्ट फेसियल रिकग्निशन विल्ड इन रुपमा उपलब्ध गराएको छ । यसले तस्विर खिच्ने समयमा क्यामेराको फ्रेममा ३ जना भन्दा बढी मानिसको उपस्थिती देखिएमा गु्रप सेल्फी मोडको प्रयोगका लागि प्रयोगकर्तालाई सजग गराउँछ ।

यसमा उपलब्ध गरिएको क्यामेराको माध्यमबाट प्रयोगकर्ताले एकै हातको प्रयोगले समेत नहल्लिने गरी उत्कृष्ट तस्विर खिच्न सक्छन् । 

ओप्पो एफथ्रीमा १३ मेगापिक्सेल क्षमताको १÷३ ईन्च सेन्सर जडान गरिएको छ । यसले प्रकाश सम्वेदनशिलतालाई बढावा दिँदै रात्रीकालिन समयमा समेत उत्कृष्ट कार्य क्षमता प्रदर्शन गर्ने कम्पनीले जानकारी दिएको छ ।

फोनमा रहेको पीडीएएफ प्रविधिले आवश्यकता अनुसार चाहिने बित्तिकै तस्विर लिन सक्छन् । नयाँ फोन एफथ्रीमा रहेको क्यामेराले चलायमान विषयको समेत आरामले फोकस गरी उत्कृष्ट तस्विर खिच्न सक्छ । यसले गर्दा आफूले इच्छाएको समय फोनमा तत्काल कैद गर्न सकिन्छ ।

तस्विरमा थप सुधारका लागि ओप्पोले उपलब्ध गराउँदै आएको ब्युटिफाइ ४.० दुबै सेल्फि क्यामेरा तथा रियरमा समेत उपलब्ध गरिएको छ । यसको सहायताबाट प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार ईफेक्टको प्रयोग गर्दै तस्विर लिन सक्छन् । 

सेल्फीलाई सहज तथा रमाइलो अनुभवका रुपमा स्थापित गर्न कम्पनीले हत्केला देखाएकै भरमा सेल्फी खिच्न सघाउने पाल्म शटरलगायत फिचर पनि फोनमा उपलब्ध छन् । 

ओप्पो एफथ्रीमा कम्पनीले कलरओस ३.० द्वारा शक्ति प्रदान गरिएको ओक्टा–कोर प्रोशेसर, चार जीबी ¥याम र ६४ जीबी रोम उपलब्ध गराएको छ । फोनमा रहेको ट्रिपल स्लोट कार्ड ट्रेमा दुई ओटा नानो सिम कार्ड र एउटा माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ । 

एफथ्रीमा कम्पनीले ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । यस ब्याट्रीले निरन्तर १५ घण्टा काम गरेको बताइएको छ । तसर्थ, यात्रामा निस्कँदा वा अन्य दैनिक क्रियाकलापमा ब्याट्री सक्किने डरका कारण पावर बैंकलगायत बोकेर हिड्नुपर्ने झन्झटबाट छुटकारा प्राप्त हुन्छ । 

कम्पनीले ब्यक्तिगत गोपनियता र सुरक्षाका लागिसमेत विशेष ध्यान दिएको छ । तिनका लागि फोनमा कम्पनीले अत्याधुनिक सलिड स्टेट फिङगर प्रिण्ट रिडर उपलब्ध गराएको छ ।

प्रयोगकर्ताले यसमा हल्का रुपमा औला हाल्दा फोन सहजै अनलक हुन्छ । फोनमा प्रयोग गरिएको हाइड्रोफोबिक मेम्ब्रेनले उपभोक्ताको चिसो औँलाले समेत फिङ्गर प्रिण्टको सफल पहिचान गर्न सघाउँछ । 

मात्र ५ दशमलव ५ इञ्चको पातलो तथा हल्का वजन भएको एफथ्री हातमा बोक्न सहज छ । फोनमा रहेको मेटल ब्याक प्यानलले धुलो टाँस्नबाट जोगाउनुका साथै आरामदायी ग्रिप प्रदान गर्छ ।

निकै आकर्षक बनोट सहितको फोनमा रहेको इन सेल एफएचडी प्रविधिले फोनमा रहेको स्क्रिनलाई साधारण स्क्रिनका तुलनामा १/४ भागले पातलो बनाएको छ । यसले फोनको स्क्रिनमा देखिन दृष्य थप जिवन्त तथा उज्यालो बनाउन सघाव पु¥याउँछ । सुर्यको प्रत्यक्ष प्रकाश भएका स्थानमा समेत यो स्क्रिनले राम्रो प्रदर्शन गर्ने क्षमता राख्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको