Like us!
Follow us!
Connect us!
Watch us!

इन्जिनियरिङ फिल्डका १६ जनालाई जागिरको अबसर

मंगलबार, ०२ कार्तिक २०७३, १४ : १९ मा प्रकाशित

इन्जिनियरिङ फिल्डका १६ जनालाई जागिरको अबसर

अर्थ संसार

काठमाडौं–साउथ एशिया इन्जिनियरिङले इन्जिनियरिङ फिल्डका विभिन्न १६प्राविधिक पदमा कर्मचारी आवश्यकताको सूचना गरेको छ । कम्पनीले आफ्नो कम्पनीले सहकार्य गरिहेको ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी आयोजनामा काम गर्न इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन मागेको हो । 

कम्पनीले सिभिल इन्जिनियर ८ जना, सिभिल ओभरसियर ४ जना, सर्भेयर एक जना, ड्राफ्टर २ जना र भूगर्भशास्त्री १ जना मागेको छ । कम्पनीले इच्छुक ब्यक्तिलाई आफ्नो बायोडाटा र निवेदन आगामी अक्टोबर २८ सम्म साइथ एसिया इन्जिनियरिङको थापाथली ट्रेड टावरको चौथो तल्लामा रहको कार्यालय वा पोस्ट बक्स नम्बर २१९३८ मा आइपुग्ने गरी पठाउन आग्रह गरेको छ । 

58072a5ba4828.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको