Like us!
Follow us!
Connect us!
Watch us!

अञ्जु र गीतकार गोबिन्दको गीतको अमेरिकामा छायाँकन (भिडियोसहित)

विहीबार, २१ बैशाख २०७४, १७ : २९ मा प्रकाशित

अर्थ संसार ,
काठमाडौं–सत्यता को ‘कहिले मिलन कहिले बिछोड ’ तथा सत्यता(२ को कस्तो माया लाईयो हजुर बोलका गीतहरु नेपाली स्रोता र दर्शकहरुले अत्यधिक रुचाउनु भएका गीतहरु हुन। यी गीतका गीतकार हुन गोबिन्द प्रसाद उपाध्याय र गायिका हुन अन्जु पन्त।

गीतकार उपाध्याय र गायिका पन्तको सहकार्यलाई नेपाली स्रोता र दर्शकहरुले धेरै प्रसम्शा र माया दिएका छन। यो  जोडी ऐले को साङितीक बजारमा हिट जोडी देखिएको छ। त्यसैले सत्यता(३ को गजल ‘ बहारमा रमाउने ’ आजकल ज्यादै लोकप्रिय भएको छ। 

बहारमा रमाउने प्यास बाँकी छ अझै 

तिमी फेरी आउने आश बाँकी छ अझै’

अञ्जु पन्तको स्वरमा रहेको यो गीतको अहिरले अमेरिकाका रमणीय स्थानहरुमा छायाँकन सम्पन्न भएको छ । अमेरिकाका बसोबास गर्ने नेपाली मोडेलहरु रेम न्यौपाने र रजनी थापाको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन अमेरिकामै बसोबास गर्ने निर्देशक सुमन दाहालले गरेका छन् । 

गित लेखनमा धेरै पुरस्कार पाइसकेका चर्चित गितकार गोबिन्दप्रसाद उपाध्यायका शब्दलाई चर्चित गायिका अञ्जु पन्तले स्वर दिएकी छिन् भने गीतमा सँगीत पत्रकार कुसुम भट्टराईले भरेका छन् । उपाध्यायको एल्बम ‘सत्यता–३’मा यो गित समेटीएको छ ।

म्युजिक भिडियोमा अभिनय गर्ने मोडल रेम भुटनीज कम्युनिटी युटा, अमेरीकाका अध्यक्ष हुन भने रजनी पुर्व मिसेज नेपाल र मिसेज हेरिटेज हुन् । 

इश्वर प्रवासीले छायाँकन गरिरहेको म्युजिक भिडियो अब केही दिनमै रिलिज हुने निर्देशक सुमन दाहालले बताए ।  गीतकार उपाध्यायको तेस्रो अल्बम ‘सत्यता–३’ को बिक्री बितरण तथा बजार ब्यवस्थापन भाईब्स क्रियशन नेपाल ले गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको