Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ शक्ति पार्टीका वडा अध्यक्ष उम्मेदवार गिरीको अपहरण

बुधबार, २० बैशाख २०७४, २१ : ४९ मा प्रकाशित

नयाँ शक्ति पार्टीका वडा अध्यक्ष उम्मेदवार गिरीको अपहरण

अर्थ संसार 
काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरी अपहरणमा परेका छन् ।

बुधबार बेलुका काठमाडौंबाट अज्ञात समूहले अपहरणमा गरेको  नयाँ शक्ति पार्टीले जनाएको छ । नयाँ शक्ति पार्टीको अनुसार गिरीलाई बुधबार बेलुका ७ः१२ बजे काठमाडौंको नयाँबजारबाट ४ जनाको समूहले अपहरण गरेको हो ।

वडाध्यक्षका उम्मेदावर गिरीको खोजी कार्य भइरहेका पार्टीले जनाएको छ ।  नागार्जुन नगरपालिकामा पार्टीको राम्रा प्रभाव पार्न सफल गिरीले जित्ने पक्का भएकोले विपक्षीहरुले उम्मेद्वार अपहरण गरेको केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताइन् 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको