Like us!
Follow us!
Connect us!
Watch us!

चालिस करोड नाफा गर्यो नेपाल लाइफले

बुधबार, २० बैशाख २०७४, १५ : ३२ मा प्रकाशित

चालिस करोड नाफा गर्यो नेपाल लाइफले

अर्थ संसार 
काठमाडौँ– चालु आवको नौ महनिामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७२ प्रतिशत खुद नाफा गरेको छ ।

चालु आवको गत चैतसम्म कम्पनीले रु ४० करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
गत आवको सोही अवधिमा रु २३ करोड ८० लाख मात्रै  खुद नाफा गरेको थियो ।

कम्पनीले चालु आवको तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा बढेको जनाएको हो । सो अवधिमा कम्पनीको कुल बिमा कोष रु ३७ अर्ब १८ करोड ८२ लाख रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २५ प्रतिशत वृद्धि भई रु ७ अर्ब ९४ करोड ४२ लाख पुगेको जानकारी दिएको छ ।

 गत आवको सोही अवधिमा कम्पनीले रु ६ अर्ब ३५ करोड ६७ लाख बिमा शुल्क आर्जन गरेको थियो ।

गत चैतसम्म कम्पनीले रु २ अर्ब २० करोड ३८ लाख दावी भुक्तानी गरेको छ ।तेस्रो त्रैमाशसम्म ४४ अर्ब २९ करोड रुपैयाँ सुरक्षित क्षेत्रमा लगानी गरिसकेको नेपाल लाइफले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको