Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि तिनाउ विकास बैंकको हकप्रद बजारमा

मंगलबार, १९ बैशाख २०७४, १२ : १५ मा प्रकाशित

आजदेखि तिनाउ विकास बैंकको हकप्रद बजारमा


 अर्थ संसार, 
काठमडौं– आजदेखि तिनाउ विकास बैंकको ३५५ हकप्रद सेयर बिक्री खुला भएको छ ।  तिनाउले १०ः३.५ अनुपातमा (१० कित्ता सेयर बराबर थप नयाँ ३.५ कित्ता) सेयर बिक्री खुला गरेको हो ।

यसआधारमा बैंकले १०० रुपैयाँ अंकित मूल्यको ११ करोड ९४ लाख ७९ हजार ६०९ रुपैयाँको ११ लाख ९४ हजार ७९६.०९ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

यो हकप्रद सेयर जेष्ठ २२ गतेसम्म भर्न पाइनेछ । हकप्रद सेयर निष्कासनपछि तिनाउको चुक्ता पुँजी ४६ करोड आठ लाख ४९ हजार ९२१.८८ रुपैयाँ पुग्नेछ । बैशाख ५ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । 

 बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटडे

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट पनि सेयर भर्न सकिनेछ ।

तिनाउ विकास बैंकको मुख्य कार्यालय बुटवलसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । बैंकले चालु आर्थिक तेस्रो त्रैमासमा ७ करोड ८० लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

हाल बैंकको चुक्ता पुँजी चुक्ता पुँजी ३९ करोड ६६ लाख ६७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४८ पैसा (बार्षिकीकरण) रहेको तिनाउको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ९२ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको